चर्चामा

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गतेदेखि सञ्चालनमा आउने

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गतेदेखि सञ्चालनमा आउने
0 0
Read Time:2 Minute, 10 Second

बुटवल । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

Advertisement

रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल निर्माण गरेका हुन् ।

मैदानको उद्घाटनमा चार टिमसम्मिलित टी-२० फर्म्याटको क्रिकेटप्रतियोगिता हुने छ । नेपालले सन् १९९६ मा पहिलो पटक एसिसी ट्रफी खेल्दाका खेलाडी लेजेण्ड्स ९६, २०१४ को टी-२० विश्वकपमा भाग लिएको नेपाली क्रिकेट टिमका खेलाडीहरु, नेपालका अन्य खेलाडीहरू र रुपन्देही लेजेण्ड्स गरी ४ टोलीबीचको प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

मैदानको ब्राण्ड एम्बेस्डरसमेत रहेका पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले ९ महिनाअघि क्रिकेट मैदान बनाउने भन्दा सपना जस्तो लागेको तर छोटो समयमा पनि मैदानको निर्माण हुँदा एउटा मिराकल नै भएको जस्तो लागेको बताए ।

मैदान निर्माणमा संलग्न उनले दिन रात, जाडो गर्मी नभनी सबैले मिहिनेत गरेका कारण मैदान बन्न सकेको बताए ।

यो मैदान निर्माण भएपछि नेपाली क्रिकेटलाई एउटा प्लेटफर्म थपिएको र यसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पूरा पुर्‍याउने शक्तिले बताए ।

नेपाल क्रिकेट संघ क्यानका सचिवसमेत रहेका पूर्व कप्तान पारस खड्काले क्यानले पनि नयाँ प्रतियोगिता गर्न मैदान पाएको भन्दै खुसी व्यक्त गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %