११ औं दीप गायन तारा फागुन ४ र ५ गते हुँदै, बिजेताहरु धमाधम राष्ट्रिय कलाकार बन्दै
बुटवल । रुपन्देहीमा गुणस्तरीय शिक्षा प्रदान गरेको दीप बोर्डिङ स्कुलले ४३ औ स्थापना दिवसको अवसरमा ११ औ संस्करणको जिल्लास्तर दीप गायन प्रतियोगिता हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरि विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले फागुन ४ र ५ गते हुने बताए।
१२ वर्ष अघि शुरुवात भएको प्रतियोगिता सिक्ने र सिकाउने गरि शैक्षिकबाहेक गायन विधालाई प्राथमिकता दिएर शुरुवात गरेको उनले बताए । विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन जिल्ला स्तरिय दिप गायन ताराको सोचअनुसार दशौ संस्करणसम्म आउदा सफल भएको उनले बताए ।
कार्यक्रममा संयोजक बालकृष्ण पाठकले विजेतालाई नगद ३० हजार रुपैया, उपविजेतालाई नगद २० हजार, तृतियलाई १० हजार रुपैया तथा दुई सान्त्वनालाई नगद २ हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए ।
अहिलेसम्म सम्पन्न दशौ संस्करणकका विजेताहरु अस्मिना चापागाई, प्रिया भण्डारी, अक्सर अलि, जुना गुरुङ, नबिन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य र विबेक पंगेनी स्थापित गायकगायिका बनेका छन ।
प्रतियोगितामा फागुन ४ र ५ गते हुने छ । पहिलो चरणमा ट्रयाकबिना गित गाउने र उत्कृष्ट २० जनालाई दोस्रो चरणमा छनौट हुने छन। दोस्रो चरणमा ट्रयाकसहित गित गाउने र यो चरणबाट उत्कृष्ट ५ जनालाई पुरस्कार वितरण गरिने छ । यस चरणमा प्रतियोगीले एक राष्ट्रिय र एक स्वैच्छिक गीत गाउने छन । कुल साढे ६ लाख खर्च हुने अनुमान छ ।
हालसम्म१६६ विद्यालयहरुमा पत्राचार गरिएकोमा ५० विद्यालय दर्ता भैसकेको सहसंयोजक श्याम बश्यालले बताए ।
अघिल्लो संस्करणमा ५१ विद्यालयबाट प्रतिस्पर्धामा सहभागी भएको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले विद्यालय पढ्नेमात्र नभई बालबालिकाको प्रतिभा प्रस्फुटनका प्रतियोगिता गर्न जरुरी रहेको बताए । पुर्वाधार विकास र शैक्षिक गुणस्तरको अर्को पाटाको रुपमा खेलकुद र अन्य गतिविधि भएको भन्दै यस्ता कार्यक्रमलाई सबै विद्यालयहरुले अनुसरण गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका सहप्राचार्य ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य, दशौ संस्करणका संयोजक पुरुषोत्तम पाण्डेयले निस्पक्षताका लागि आयोजक विद्यालयबाट भाग नलिईने भन्दै कार्यक्रम सफल बनाउन सबैको साथसहयोग जरुरी रहने बताए ।
लेखकको सम्वन्धमा