चर्चामा

नेल्टा रुपन्देहीको अध्यक्षमा डा. तारानाथ भट्टराई

नेल्टा रुपन्देहीको अध्यक्षमा डा. तारानाथ भट्टराई
0 0
Read Time:3 Minute, 45 Second

बुटवल । नेपाल अंग्रेजी भाषा शिक्षक संघ – नेल्टा (NELTA) रुपन्देहीको साधारण सभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।
नेल्टा रुपन्देहीका अध्यक्ष लोकनाथ उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले डा. तारानाथ भट्टराइको अध्यक्षतामा ११ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरको छ ।

Advertisement

नव गठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण प्रसाद भण्डारी, सचिव शिव कुमार ज्ञवाली, सह सचिव बालमुकुन्द उपाध्याय, कोषाध्यक्ष कमला के.सी त्यसैगरी सदस्यहरुमा क्रमशःपाथिवेन्द्र उपाध्याय, ऋषिराम न्यौपाने, कृष्ण प्रसाद घिमिरे, यूवराज पन्थी, माया ज्ञवाली, सुमन घिमिरे रहेका छन्।

निर्वाचित कार्यसमितिलाइ बधाइ दिदै अध्यक्ष उपाध्यायले अग्रेजी भाषा शिक्षण गरीरहेका शिक्षकहरुको पेशागत क्षमता अभिवृद्धिकालागी नेल्टाले विगतका दिनहरुदेखी गरीरहेको विभिन्न कार्यक्रमहरुको चर्चा गर्नु भएको थियो। कार्यक्रममा बोल्दै उपाध्यायले अंग्रेजी भाषा प्रती सामुदायीक विद्यालय र अभिभावकहरुकोपनी चासो रहने भएकोले अंग्रजी भाषा शिक्षण प्रविधीलाइ उत्कृष्ट बनाउन नेल्टाको भुमिका रहने बताउनु भयो ।

नेल्टाका केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानले नव गठीत कार्यसमितिलाइ शुभकामना दिदै नेल्टाका हरेक गतिविधिलाइ उत्कृष्ठ बनाउन जिल्लाशाखाहरुको प्रमुख भुमिका रहने र जिल्ला शाखाहरुलाइ उत्कृष्ठ बनाउन जिल्ला कार्यसमिति सक्रिय रहनु पर्ने कुरामा जोड दिनु भयो ।

साथै उहाँले आगामी दिनमा अंग्रेजी शिक्षकहरुलाइ उत्सुकता र महत्वपुर्ण हुने गरी कार्यक्रमहरु सञ्चालन गर्नकालागी जिल्लाशाखाहरुलाई केन्द्रको तर्फबाट सक्दो सहयोग गरीने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नेल्टाको आसन्न फागुन ५ देखी ६ सम्म सम्म काठमाडौंमा हुने २८ औ अन्तराष्ट्रिय सम्मेलनमा विश्वभरका करीव एकहजार अग्रेजी शिक्षकको भेला भएकाले अधिकतम सहभागीताकोलागी आव्हान गर्नुभयो।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष डा.तारानाथ भट्टराइले आफ्ना भाविकार्ययोजना प्रस्तुत गर्दे नेल्टा मार्फत भइरहेका गविविधिलाइ अझै परिमार्जत गर्दे समयनूकुल बनाइने, अंग्रेजी भाषा शिक्षकहरुको शिक्षण प्रविधिलाइ प्रभावकारी बनाउनकालागी थप स्तररीय तालिम, प्रशिक्षण ,डिजिटल शिक्षण सेमिनारहरुको आयोजना लगायत आगामी दिनमा न्यूजलेटर प्रकाशन, प्रविधिमैत्री तालिम सामग्री निर्माण, अफिस व्यवस्थापन, सदस्यता वृद्धि लगायतका क्षेत्रमा प्राथमिकता दिने बताउनु भयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %