चर्चामा

लुम्बिनी प्रादेशिक अस्पतालमा बन्ने भो १० तलाको भवन,निर्माणका लागि ठेक्का सम्झौता, काम सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा  बन्ने भो १० तलाको भवन,निर्माणका लागि ठेक्का सम्झौता, काम सुरु
0 0
Read Time:3 Minute, 20 Second

बुटवल । बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भएको छ। १२ सय शय्याको १० तले भवन निर्माणको लागि दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम निर्णय रद्द गरिएको थियो ।
तर अहिले सबै प्रकृया पुरा भई १० तलाको उक्त नयाँ भवन निर्माणका काम अघि बढेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानुनी अड्चन हटेको बताउँदै ८ सय बेड क्षमताको भवन निर्माण कार्य सुरु हुन लागेको बताए।

Advertisement

स्वास्थ्य सचिब डा जनार्दन पन्थीले लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ भबन पनि बन्ने सम्झौता भैसकेको छ भने अस्पतालमा तत्कालै क्याथ ल्याव सञ्चालन हुने बताए । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा सुर्दशन थापा क्षेत्रीले अस्पताल निमार्णको काम सुरु भएको बताउनु भयो उहाले फागुन १५ गते शिलान्यास हुने बताउनु भयो। निमार्णको लागी ठेक्का सम्झौता भएकोले अब अस्पताल बन्ने बताउनु भयो। अब नेपालमै सबै भन्दा ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बन्ने बताए।
उहाले भवनको अगाडिको भागमा अत्याधुनिक ओपिडी, इमरजेन्सी, इन्डोर सेवा लगायत रहने छ। साथै विशिष्टीकृत ग्याष्ट्रो, न्युरो, कार्डियो लगाएतका सवै विशेषज्ञ सेवा प्रदान गरिने बताए ।

निमार्णको ठेक्का पाएको लुम्बिनी प्रादेशिक अस्पतालको आशिष,क्यापसाईट र रेलिगेट कम्पनीले काम सुरु गरेको बताउनु भयो। उहाले ६ अर्ब १८ करोडमा ५ बर्ष भित्र निमार्ण सम्पन्न हुने गरि माघ २७ गते सम्झौता भएको बताउनु भयो। उहाले १० तला माथि र २ तला अन्डरग्राउन्ड रहेने सम्झौता अनुसार कामगर्ने कम्पनीका ईन्जिनियर रमेश गौतमले बताए।

उनले दुईबटा भबन बन्ने छन एउटा अंकोलोजी को भबन छुटै बन्ने ई गौतमले बताउनु भयो। उहाले अस्पतालको पुरानो भबन भत्काउने बारे अहिले काम सुरु भएको र यसमा मन्त्रालयले समन्वयन गरीरहेको बताए ।
अस्पताल निमार्ण गर्ने कम्पनी आशिष,क्यापसाईट र रेलिगेट दुई नेपाली एक बिदेशी फर्म रहेको बताईएको छ। भवनको माथि हेलिप्याड समेत निमार्ण हुने तरीकाले भबन बनाइने भएको छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %