आस्थममा स्विस खाना प्रशिक्षक डेरिसलाइ बिदाई

आस्थममा स्विस खाना प्रशिक्षक डेरिसलाइ बिदाई
3 0
Read Time:3 Minute, 27 Second

बुटवल । २०६० सालमा स्थापना भएको एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम)मा यहि माघ १ गते आएर १ महिना स्विस खाना प्रशिक्षण दिएकी डोरिस फ्रेई केलरलाई बिदाइ गरिएको छ। एक कार्यक्रमको आयोजना गर्दै कलेज र विद्यार्थीहरुले बिदाइ गरेको हो।
२०१४ देखी युकेको समन्वयमा प्रोफेशनल कोर्षहरू संचानल भैरहेका छन। हाल सम्म १२ व्याच पासआउट भईसकेका छन भने १३ ओै, १४ ओै र १५ व्याच अध्ययनरत छन ।
यही व्याचका विधार्थींहरू लाई अन्तराष्ट्रीय स्तरको व्यावसायिकता प्रदान गराउने उदेश्य अनुरूपे हरेक वर्ष स्विस कन्ट्याक्टको सहकार्यमा स्विजरल्याण्डबाट एक्पर्टहरू आउने गर्छन ।
सोही अनुसार छैटो एक्सपर्टको रूपमा डोरिस फ्रेई केलर यस स्कुलमा आएकि थिइन। उनले एक महिना सम्म स्विस खानाको विषयमा ४० जना विधार्थीहरूलाई प्रशिक्षण दिएकी थिइन ।

विदाई कार्यक्रममा डोरिसले आफुले सोचेको भन्दा धेरै माथील्लो स्तरको विधार्थीहरू पाएको बताइन । आस्थम कलेज यो क्षेत्रकै सबै भन्दा पुरानो र उत्कृष्ट हस्पिटालिटि कलेजको रूपमा रहेको पाउदा साह्रै खुसी लागेको र नेपालीहरू अत्यन्तै सहयोगी र मनको धनी रहेको बताइन ।
विदाई कार्यक्रमको अध्यक्षता गरिरहेका आस्थम कलेजका प्रवन्ध निर्देशक जिएस गुरूङले आस्थम कलेजलाई छनोट गरेर भिजिटिङ्ग एक्पर्टको रूपमा आएकी डोरिसलाई धन्यवाद दिदै आगामी दिन हरूमा पनि पुनः आउनको लागी अनुरोध गरे।
कलेजका कोअर्डिनेटर अमन लिगलले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा सेफ संगम मरासिनी, विधार्थीहरू आकृती गुरूङ र विवेक राई लगायतले बोलेका थिए।

काठमाडौ देखी पश्चिम मोफसलमा आस्थम कलेल बुटवल मात्र एक यस्तो भोक्याशनल कलेज हो । जसले स्विस एक्सपर्ट सेवा मार्फत आफ्ना विधार्थीहरूलाई सन २०१५ देखी लगातार विदेशी एक्पर्टहरू बाट तालिम प्रदान गरिरहेको छ ।
यस कलेज बाट उपरोक्त कार्ष पास गरेका विधार्थीहरू नेपाल लागायत विश्वका विभिन्न देशहरूमा पाँचतारे होटलहरूमा कार्यरत छन भने क्रेडिट ट्रान्सफर मार्फत युके, अष्ट्रेलिया, न्युजिल्याण्ड, दुवई र भारतका विभिन्न कलेज हरू सिधै ब्याचलर तेस्रो र चौथो सेमस्टरमा भर्ना भएर अध्ययन गरिरहका छन ।
यो कोर्षमा भर्ना हुनका लागी वर्षको दुईपटक जनवरी र जुलाई ईन्टिकमा मात्र पाईन्छ ।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement