कालिकापथका हाईटेन्सन पोलमा तरुण दलले राख्यो रिफ्लेक्ट लाइट

कालिकापथका हाईटेन्सन पोलमा तरुण दलले राख्यो रिफ्लेक्ट लाइट
0 0
Read Time:1 Minute, 36 Second

बुटवल । बुटवलको ब्यस्त सडक कालिकापथमा रहेका हाईटेन्सन लाईनका ठुला ठुला पोलहरुले दुर्घटना बढिरहेको अवस्थामा तरुण दलले रिफ्लेक्टर लाईट जडान गरेको छ।

Advertisement

दुर्घटना न्यूनीकरणका लागि होराइजन चोकदेखि योगिकुटीको बिचमा पर्ने ४ वटा हाइटेन्सन लाइनमा ब्लिन्कर व्यारिक्याड लाईट र रिफ्लेक्ट लाइट जडान गरिएको हो ।

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक सभापति प्रसन्न कोइरालाको नेतृत्वमा लाइट जडान भएको हो।

कालिकापथमा ट्राफिक प्रहरीको तथ्यांक अनुसार पछिल्लो ४० दिनको अन्तरालमा ४ जनाको मृत्यु भएको थियो भने ७ जना गम्भीर घाइते भएका थिए ।

लाइट जडान कार्यक्रममा नेविसंघ केन्द्रिय समितिका पदाधिकारी तथा सदस्य जिल्ला समिती,तरुण दलका क्षेत्र तथा नगर सभापती सन्दिप पाण्डे , नेविसंघ केन्द्रिय सदस्य बलाराम पौडेल , तरुण दल क्षेत्रीय सभापती हसन्त लामा , तरुण दल नगर सभापती सुजन पुन युवा नेताहरु बिमल गुरुङ , बिमल पौडेल एवम स्थानिय सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %