मुख स्वास्थ्य अभियन्ता अमृत भुसाल पीयूष बुटवल उपमहानगरबाट सम्मानित
बुटवल । बिगत लामो समय देखि मुख स्वास्थ्य अभियान तथा मुख क्यान्सर सम्बन्धी सचेतना विद्यार्थी देखि टोल टोलमा पुर्याउने अभियानका अभियन्ता अमृत भुसाल पीयूष बुटवल उपमहानगरपालिकाबाट सम्मानित भएका छन।
बुटवल उपमहानगरपालिकाको ६५ औ स्थापना दिवस २०८० को अवसरमा बुटवलमा निःशुल्क रूपमा मुख स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदानको उच्च प्रशंसा गर्दै सम्मान पत्रबाट सम्मानित भएका हुन।
भुसालले बुटवल अस्पताल लाईनमा आधुनिक समाज डेण्टल सञ्चालन गर्नुका साथसाथै निःशुल्क मुख स्वास्थ्य अभियान समेत सञ्चालन गर्दै आएका छन।
उनलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उप प्रमुख साबित्रा देबि अर्याल, प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनाल, प्रवक्ता शिव राना लगायतले सम्मान गरेका थिए।
सो अवसरमा सामाजिक अभियानमा साथ दिने करिब ४० जना सामाजिक अभियन्तालाइ सम्मान गरिएको हो
लेखकको सम्वन्धमा