श्रीमतीले सम्बन्ध बिच्छेदको मुद्दा हालेपछि श्रीमतीको गोलि हानी हत्या
बुटवल । श्रीमान श्रीमती बिचको आपसी सम्बन्ध खराब भएमा अदालतबाट सम्बन्ध विच्छेद गर्न सकिन्छ। यहि बाटो अपनाउदा वडा प्रहरी कार्यालय घोराही(दाङ) मा कार्यरत प्रहरी जवान धनमाया थापा मगरले ज्यान गुमाउन बाध्य भएकि छन।
जनतालाई शान्ती सुरक्षा प्रदान गर्ने शुरक्षाकर्मी प्रहरी सहायक( हवलदार)ले नै आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका हुन।
बिहिबार साझ ड्युटीमै रहेकी श्रीमतिलाई यमबहादुर झाँक्रीले दाङको घोराही नगरपालिकास्थित दामोदर चोकमा पेस्तोलबाट गोली प्रहार गरि हत्या गरेका हुन।
प्रहरीका अनुसार झाँक्रीकी श्रीमती मगरले दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।
दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा आएका झाँक्रीले घोराहीको दामोदर चोकमा हतियारसहित डियुटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली हानेका थिए । दुई राउन्ड कोखामा र एक राउन्ड गोली छातीमा लागेको थियो ।
गोली प्रहारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मगरलाई मृत घोषणा गरेको एसपी केसिले शिलापत्रलाई बताए।
श्रीमतीलाई गोली हानी हत्या गर्ने सहायक हवलदार झाँक्रीलाई प्रहरी पेस्तोलसहित लमहीबाट पक्राउ गरेको छ ।
सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय(हाल नेपालगन्ज बाँके)का एसएसपीका बडिगार्ड हुन् ।
लेखकको सम्वन्धमा