चर्चामा

बागेश्वरी संगीतालयमा कोहि किन बर्बाद होस मञ्चन हुने

बागेश्वरी संगीतालयमा कोहि किन बर्बाद होस मञ्चन हुने
0 0
Read Time:2 Minute, 49 Second

बुटवल । बुटवल ९ मिलनचोकमा रहेको बागेश्वरी संगीतालयमा फागुन ६ गतेदेखि १५ गते सम्म कोहि किन बर्बाद होस नाटक मञ्चन हुने भएको छ।

Advertisement

द नेक्स्ट लेभल प्रोडकसनको ब्यानरमा मनोविज्ञानमा आधारित नाटक कोहि किन बर्बाद होस मञ्चन हुन लागेको पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो।

पत्रकार सम्मेलनमा बोल्दै गुरुकुलका कलाकार राजकुमार पुडासैनीले बुटवलमा नाटक अभियान अन्तरगतको कार्यक्रम भएको बताए। बिजय मल्ल र गोपाल प्रसाद रिमालले लेखेको बाल मनोविज्ञानमा आधारित नाटकमा बालकको हुर्काई प्रक्रियाका जटिलता, त्यसलाइ चिर्दै कसरी मद्दत गर्ने भन्ने कुरालाई यश नाटकमा देखाईने बताए।

निर्देशक अश्विन केसीले अभिभावकले बच्चालाई समय दिन नसक्दा देखिएका समस्या आउन नदिको लागि नाटक महत्त्वपूर्ण रहने उल्लेख गरे। सांगीतिक नाटकको रुपमा यसलाई मञ्चन गरिने बताए।

साढे १ घण्टाको कोहि किन बर्बाद होस नाटक टिममा १५ जना रहेका छन। हरेक दिन बिहान साढे ११ बजे, दिउँसो साढे २ बजे र साझ ५ बजे गरि तीन शो मा मञ्चन हुने निर्देशक केसीले जानकारी दिए।

अहिले स्कुल तथा कलेजका विद्यार्थीगरुलाई लक्षित गर्दै आयोजना हुन लागेकी यस नाटकमा प्रतिब्यक्ती २५० र विद्यार्थीलाई १५० रुपैयाँ टिकट तोकिएको बताए। उनले ५० विद्यालयमा कुरा गरेको बताउदै धेरै भन्दा धेरै लाई सहभागी गराउने योजना रहेको बताए।

बागेश्वरी संगितालयका ब्यवस्थापक दर्पण शेर्पाले यहाँ २ वटा पिंजडा र बहुला काजिको सपना नाटक मञ्चन भईसकेको बताए।

पत्रकार सम्मेलनमा सह निर्देशक प्रदीप एडि,लक्की दिपक , समुन्द्र घिमिरे, टिएनएल प्रोडक्सनका शिव रिजाल,प्रोडक्सन म्यानेजर प्रदीप थापा क्षेत्री, कलाकारहरु स्वीकृति रेग्मी, स्नेहा पाण्डे , अनिल घिमिरे, निशान थापा लगायतको सहभागीता रहेको थियो।

नाटकको साढे ३ लाख तयारी खर्च लागेको बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %