बुटवल मेला अब समिक्षा गर्ने कि?

बुटवल मेला अब समिक्षा गर्ने कि?
0 0
Read Time:7 Minute, 39 Second

तेजेन्द्र सापकोटा

Advertisement

साविक लुम्बिनी अञ्चलकाे सदरमुकाम बुटवलमा तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहाकाे जन्म दिनकाे अवसार पारेर वि.स २०५४ साल पाैस महिनामा हाल नया बसपार्क (तत्कालीन Timber corporation Nepal) टि सि एन रहेका स्थानमा तत्कालिन उद्योग वाणिज्य संघको नेतृत्वमा मेला तथा प्रदशनिकाे शुभारम्भ भएको थियाे। पुर्व पश्चिमी राजमार्गको करिब मध्य व्यापारिक भाग, भारत संगकाे सहज व्यापारिक सुनाैलि नाका ,उत्तर र पश्चिममा करिबकरिब एकाधिकार व्यापारकाे केन्द्र विन्दुमा रहेको बुटवललाई अहिलेकाे अवस्थामा पुर्‍याउन विगतको मेलाको ठुलाेे याेगदान रहेको छ। अझ भन्नू पर्दा मेला यस क्षेत्र कै चाड जस्तै बनेकाे छ।

निकै लामाे समयकाे मेला निरन्तरतामा निकै आराेह अवराेह पनि पार गर्याे। १२ बर्षे माओवादी द्वन्द , भुकम्प , नाकाबन्दी , काेराेना माहामारि, जस्ता विपत्तिहरुकाे सामना गर्दै अहिलेकाे अवस्थामा आईपुगेकाे हाे। अहिले पनि यहीँ पुस ५ देखि १८ गते सम्म बुटवल मण्डपमा लुम्बिनी एस्पाे-२०८० अन्तर्राष्ट्रिय व्यापार मेला( Lumbini expo-2023, international Trade fare) स्वराेजगार, आत्म निर्भर हाम्रो आधार, सहर देखि गाउँ सम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ मेला सम्पन्न भएको छ।

यहि मेलाकाे आयोजक भएर मैले पनि जिम्मेवारी बहन गर्ने माैका पाए। मेला निकै भव्य र शब्य रुपमा सम्पन्न पनि भयाे। आयोजक भईरहदा मैले मेलालाई नजिकैबाट बुझ्ने र विश्लेषण गर्ने मैका पनि पाए। त्याहा भित्रकाे सकारात्मक र नकारात्मक पक्ष बुझ्ने माैका पाए। जिम्मेवार दिनुहुने अग्रज प्रती आभारी र ऋणि छु। यसले मलाई थप जिम्मेवार बहन गर्न र आगामी दिनको मेलाकाे मार्ग चित्र काेर्न सहयोगि हुनेछ।

हामी यतिका लामाे समय सम्म मेलाकाे निरन्तर आयोजना भैरहदा मेलाले बुटवलकाे समग्र व्यापारलाई विकास गरेकाे कुरामा सम्पुर्ण उद्योगी व्यापारीहरुकाे एक मत रहेको छ। नया प्रदर्सनि हलमा आयोजना भएको मेलाले बुटवलको गाैरव मात्रै बढाएको छैन, युवा उद्योगी र व्यवसायीलाई आत्मविश्वासकाे पनि प्रतिविम्ब गरेको छ। भव्य हल प्रसस्त पार्किङ अनि खुल्ला माैदानले मेलालाई थप आकर्षक बनाएको थियो। देशको सबैभन्दा ठुलो प्रदर्सनि मेला मध्येको एक बुटवल मेलाले सबैलाई एक पटक ट्क्क उभिएर हेर्ने र साेच्ने वनाएकाे छ। अमेरिकका पुर्व राष्ट्रपतिलाई एक जना प्रत्रकारले प्रश्न सेधेका थिए, तपाईं अमेरिकलाई कस्तो बनाउन चाहानुहुन्छ? उनको उत्तर थियो, संसारका हरेक व्यक्तिले जुनलाई जस्तै एक पटक टक्क उभिएर उभिएर हेर्ने देश बनाउनु छ। हाे हामी बुटवललाई पनि कम्तिमा एक पटक सबैले घुम्ने र बुझ्ने सहर बनाउन चाहान्छाै। यहाँका पछिल्लो विकासले उद्योगी व्यवसायी र बुटवललाई माया गर्ने हरेक व्यक्तिकाे छाति फुलाएकाे छ। अवसरकाे ढाेकाहरु खुलेको छन्।

अहिलेकाे आर्थिक मन्दिकाे अवस्थामा बजारलाई चलायमान बनाउन पनि अझ बडी आवश्यक पनि छ।बुटवल अब बुटवल बजार मात्र रहेन, बुटवल अब रहर र अवसरकाे सहर पनि भएको छ। राेजगारि र स्वराेजगारिकाे प्रसस्त अवसरकाे सहर भएको छ। पर्यटन क्षेत्र ,केवलकार, कृषि क्षेत्र, प्रसस्त उद्योग,वैक वित्तीय संस्थाकाे केन्द्रीय, प्रदेश, शाखा कार्यलय, विश्वासिला स्वास्थ सस्थाहरु, निजि तथा सार्वजनिक शिक्षा लगाएत विभिन्न व्यवसायीक घराना तथा व्यवसायीक प्रतिस्ठानकाे बाक्लो उपस्थितिले राेजगारि र स्वराेजगारि सगै बुटवलको विकासलाई थप उर्जावान बनाएकाे छ। अझ बुटवलमा बनेका २ वटा केवलकारले बुटवलको पर्यटन क्षेत्रकाे आर्थिक र सामाजिक विकासमा ठुलो फड्को मारेको छ। अब केही गर्ने हुटहुटि भएकालाई सडक व्यापार देखि ठुला ठुला उद्योग र व्यवसायकाे सहर हाे भन्ने प्रमाणित बुटवलमा बनेकाे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र अन्तर्राष्ट्रिय प्रदर्सनि हलकाे निर्माणले गर्दछ।

यी सकारात्मक कुराकाे चर्चा गरिरहदा मेला भित्र रहेका केही प्रस्नकाे उत्तर खाेज्ने बेला पनि आएको छ जस्तो लाग्छ। जस्तैः मेलाबाट अहिले सम्म हामीलाई कुन कुन क्षेत्रमा कति नयाँ उद्योगी र व्यवसायी सगै नविनतम साेचकाे विकास गर्न सक्यौं त? मेलाले युवा पुस्तालाई दिन खाेजेकाे सन्देश के हाे? यस क्षेत्रमा नयाँ लगानीको अवसरहरु के के हुन त? हाम्रो क्षेत्रकाे प्रथामिक्ताका याेजना र आयोजनाहरु के के हुन? मेलाकाे भ्रमणबाट के के कुरामा नया साेच काे बिकास हुन सक्छ त? यी र यस्ता प्रश्नकाे उत्तर खाेज्न ढिला भैरहेकाे जस्तो हुन्छ।

कि हामि आयोजकलाई आम्दानी , युवायुवतिलाई भिडभाड, वैश्यकलाई दाेहाेरि र रक अनि साना बच्चालाईलाई खेल समयमा भुलाउने मात्र हाे त? मेलमा सधै सिरक मात्र किन्न कति जाने? समाजमा अपाच्य कलाकारिताकाे विज्ञापन गरेर कति दिन भिड बडाउने? मेला भित्रकाे व्यापारलाई पारदर्शिता बनाउन विजककाे व्यवस्थापनमा किन नसाेच्ने? खाध्य गुणस्तर र मुल्यकाे विषयमा समिति चनाखो किन नहुने? नविन्तम साेचकाे विकास गर्ने गरि कुनै कार्यक्रम नै भएको देखिदैन। यी र यस्ता प्रश्नले कहिले सम्म अनुत्तरित हुने?
अब मेलामा खस्कदै गएको अहिलेकाे युवा पुस्ताहरुकाे स्वराेजगार, आत्मविश्वास र स्वराेजगारलाई विकास गर्ने गरि आयोजकले ध्यान दिने कि?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
50 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %