बुटवलमा जापानीज परिकार सुःसिः टेस्टीङ

बुटवलमा जापानीज परिकार सुःसिः टेस्टीङ
1 0
Read Time:5 Minute, 51 Second

 
बुटवल ।यति बेला युवाहरू विदेश जाने क्रम बढिरहेको छ । हातमा सिप लिएर जानेहरू सफल भएका घटना सार्वजनिक भइरहेपछि व्यवहारिक सिप सिकेर बाहिरिनेको सङ्ख्या पनि बढी नै छ ।बरिष्टा तथा बेकरिजको निकै धूमधामका साथ सिकाइने बुटवलमा जापानीज परिकार सुःसिः सिक्नेको सङ्ख्यामा कमी भने छैन ।
रुपन्देहीका विभिन्न क्षेत्रबाट र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट एकत्रित भएर युवाहरूले विभिन्न स्थानमा सुःसिः तालिम लिई रहेका छन् ।

Advertisement

रुपन्देहीका युवा जीवलाल रेग्मीले हातमा ट्रे लिएर आफूले बनाएको सुःसिःको बारेमा जानकारी गराउँदै थिए भने होटेल व्यवस्थापन क्षेत्रमा जानकार एवं अन्य सहभागीहरूले सुःसिःको तारिफ गरिरहेका थिए ।
मिलन घर्ती मगर पनि आफूले बनाएको सुःसिः मा प्रयोग भएका सामाग्री र गरिएको प्रिजेन्टेसनको बारेमा बताउँदै थिए । उनलाई पनि यसका जानकारहरूले हेरिरहेका थिए ।

बुटवल ११ होराईजन चोकमा रहेको एडभान्स कुकिङ इन्स्टिच्युटमा अध्ययनरत यी युवाहरूले १ महिनाको सुःसिः तालिम प्राप्त गरेका बिद्यार्थीहरुले आफूले निर्माण गरेका सु:सि: टेस्टिङ गराएका हुन। माथिका घटना र पात्र यहाँका नै हुन।

इन्स्टिच्युटमा जीवलाल रेग्मी, सुजन थापा, मिलन घर्ती मगर, अमृत रजाली मगर, दिनेश बाह्र घरे, जनक गाह, राज कामु थापा र रोहीन प्रसाईँले बनाएका सु:सि: टेस्टिङमा राखिएको हो।

 उनीहरूले एक महिना सम्म सिकेका सिप र व्यवहारिक ज्ञानलाई उजागर गर्दै ईन्टिच्युटले ८ युवाहरूले बनाएका जापनिज परिकार सुःसिः टेस्टीङ गराएको छ ।

होटेल व्यवस्थापन संकाय अध्यापन गराउने शिक्षक, नयाँ विद्यार्थी, आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकार तथा विभिन्न सामाजिक अभियन्ताहरूको सहभागितामा जापनिज परिकार सुःसिः टेस्टीङ गरिएको हो । ५ प्रकारका सुःसिः लाई विभिन्न रूपमा प्रयोग गरी धेरै प्रकारका सुःसिः टेस्टीङ गराइएको हो ।

सुःसिः टेस्टीङ कार्यक्रममा बोल्दै एडभान्स कुकिङ इन्स्टिच्युटका एकेडेमीक डाइरेक्टर आशिस भुसालले इन्स्टिच्युटबाट सिकेर गएको युवालाई बेरोजगार भएर बस्नु नपर्ने उल्लेख गरे । उनले सहभागी बिद्यार्थीहरुलाई हौसला र सच्चिने मौका प्रदान होस भन्नको लागि टेस्टीङ कार्यक्रम राखिएको बताए । उनले इन्स्टिच्युटले फरक फरक क्षेत्रका व्यक्तिहरूलाई यसमा राख्दै आएको बताए ।

कार्यक्रममा होराईजन कलेजका होटेल म्यानेजमेन्ट शिक्षक दिलीप कुमार श्रेष्ठले विद्यालय स्तरबाट नै व्यवहारिक सिकाउन आवश्यक रहेको बताउँदै इन्स्टिच्युटले राम्रो काम गरेको भन्दै प्रशंसा गरे। 

सु:सि: तालिममा आकर्षण बढ्दो
२०१९ सालमा स्थापना भएको इन्स्टिच्युटमा अहिले १२५ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने ५ सय बढी दक्ष जनशक्ति उत्पादन भइसकेको इन्स्टिच्युटका निर्देशक राजकुमार घिमिरेले जानकारी दिए।

उनले हस्पिटालिटी तालिमका लागि बुटवल छोड्ने अवस्था नआओस् भन्नको लागि बुटवलमा नै सेवा दिइरहेको बताए ।  उनले युवालाई विदेश जाने अवस्था अन्त्य गर्न नसकेपछि सिक्नकै लागि बुटवल छोड्नु नपर्ने अवस्थाको लागि काम गरिरहेको उनको भनाई छ। उनी भन्छन्,’ विदेश युवालाई नपठाउन हाम्रो हातमा छैन तर सिप सिकाएर पठाएमा जागिरको समस्या नहोस् भनी बुटवलबाट सेवा दिइरहेका छौ। यस क्षेत्रमा सिक्न बुटवल छोड्न नपर्ने अवस्था बनाउँदै छौ। ‘

सु:सि: ट्रेनर विकास चौधरीले यस क्षेत्रमा विद्यार्थीहरूको रुचि बढी रहेको बताए। उनले स्वदेशमा भन्दा पनि विदेश नै जान चाहानेहरु यसप्रति धेरै रुचिका साथ आइरहेको उनको भनाइ छ। उनी भन्छन् ,’ सु:सि: सिक्ने भन्दै आउने जो पनि विदेश जानको लागि भन्दै सिक्न आउनु हुन्छ। पछिल्लो समय विद्यार्थीहरूको सङ्ख्या बाढि छ। ‘
एडभान्स कुकिङ इन्स्टिच्युटले सु:सि: सहित बेकरी र इन्डियन कन्टिनेन्टल चाइनिज खानाका परिकारका कक्षाहरूलाई सञ्चालन गर्दै ब्यवहारीक ज्ञान सिप प्रदान गर्दै आएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %