तिलोत्तमामा जेष्ठ नागरिकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम
बुटवल । प्रभु बैंक मणिग्राम शाखाले आनन्दवन स्वास्थ्य केन्द्र, तिलोत्तमा–६ , रुपन्देहीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ।
जेष्ठ नागरिक तथा सर्वसाधारणलाई लक्षित गरि यो कार्यक्रम तिलोत्तमा, वडा नं ६ कार्यालयसँगको समन्वयमा आयोजना गरिएको हो।
वडा ६ कार्यालय र लायन्स क्लब अफ बुटवल कालिकाद्वारा वडा ६ का ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो ।
ज्येष्ठ नागरिकहरू तथा सर्वसाधारणका लागि सामाजिक सुरक्षा भत्ता, जीटुपी खाता, रेमिटेन्स खाताहरू साथै सामान्य बैंकिङ जानकारी गराएको थियो।
वडा अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यमा र विशिष्ट अतिथि लुम्बिनी प्रादेशिक अस्पतालका डा.प्रेमप्रकाश पौडेल, लायन्स क्लब अफ बुटवल कालिका अध्यक्ष बसन्त पोखरेल, आनन्दवन स्वास्थ्य केन्द्रका जनस्वस्थ निरीक्षक ज्ञानप्रसाद पौडेल, प्रभु बैंक मणिग्राम शाखाका कर्मचारी, वडा सदस्यलगायत वडावासीको सहभागीतामा कार्यक्रम भएको प्रभु बैंक मणिग्राम शाखा प्रमुख सन्तोष खत्रीले जानकारी दिए ।
लेखकको सम्वन्धमा