चर्चामा

समृद्धि बुटवलले नुवाकोट पाल्पामा गर्यो नि:शुल्क हेयरकट र शैक्षिक सामाग्री बितरण

समृद्धि बुटवलले नुवाकोट पाल्पामा गर्यो नि:शुल्क हेयरकट र शैक्षिक सामाग्री बितरण
0 0
Read Time:2 Minute, 16 Second

बुटवल । बुटवल अमरपथमा मुख्य कार्यालय रहेको समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडमीले नुवाकोट पाल्पामा पुगेर नि:शुल्क हेयरकट र शैक्षिक सामाग्री बितरण गरेको छ।

Advertisement

तिनाउ गा.पा -०२, नुवाकोट पाल्पामा रहेको रुपा प्राथमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अवस्था दयनीय रहेको र उनीहरुलाइ शैक्षिक पहुच सहज बनाउन सहयोग गरेको सलोन एण्ड एकेडमीका सञ्चालक मोहन ठाकुरले बताए।

उनले भने,’ बिद्यालय आएर पढने ईच्छा सवैसंग त छ तर कसैसंग पर्याप्त स्टेशनरी छैन त कसैसंग ड्रेस छैन । कोही खाली खुट्टामा देखिन्छन त कोही चुडेको चप्पलमा । यति हुदा पनि उनिहरुमा पढ्ने ईच्छा भने जवरजस्त छ । उनिहरुको पढाई प्रतिको अठोट हेर्ने हो भने जो कोही पनि प्रभावित हुन्छ सक्छ । उनिहरुको यहि ईच्छालाई साकार गर्न हाम्रो सानो सहयोगले उनिहरुको भविष्य निर्माणमा ठुलो भुमिका खेल्न सक्छ भन्ने लागेर हाम्रो टिम नै पुगेर सहयोग गरेको हो।’

कक्षा ५ सम्म पढाई हुने बिद्यालयमा २७ जना विधार्थी छन् ।एकेडमीले विद्यार्थीहरुको फ्रि हेयरकट, स्कुल व्याग र केही स्टेशनरी सामाग्रीहरु सहयोग गरेको छ ।

सलुन तथा पार्लरले मानिसको रुपरंग मात्र सिङ्गार्ने होईन यस्ता यि स-साना नानिवावुहरुको भविष्य पनि सिङ्गार्न सहयोगी हुन्छन् भन्ने मान्यता विकास गर्नका लागी यो सहयोग गरिएको सञ्चालक ठाकुरले बताए।

उनले यस विद्यालको शैक्षिक गुणस्तर सुधार्न सबैमाझ अपिल समेत गरेका छन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %