चर्चामा

मणिमुकुन्दद्धारा उजिरसिह माबिको अक्षयकोषमा १ लाख हस्तान्तरण

मणिमुकुन्दद्धारा उजिरसिह माबिको अक्षयकोषमा १ लाख हस्तान्तरण
0 0
Read Time:3 Minute, 12 Second

बुटवल ।मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, बुटवलले उजिरसिह माबिको अक्षयकोष स्थापना गर्न १ लाख ११ हजार १ सय ११ रुपैया हस्तान्तरण गरेको छ ।

Advertisement

एक समारोहका बिच बुधबार लुम्बिनी प्रदेश सभासदस्य तथा समितिका संस्थापक अध्यक्ष, संरक्षक भोजप्रसाद श्रेष्ठ, राष्ट्रिय उद्यान महासंघ नेपालका केन्द्रीय अध्यक्ष खेम प्रसाद लुईटेल, समितिका अध्यक्ष माधव प्रसाद नेपाल, बुटवल उपमहानगरपालिका वडा नं २ का वडाअध्यक्ष सुनिल शाक्य, उपाध्यक्ष माधव श्रेष्ठ, महासचिव युवराज घिमिरेले विद्यालयका अध्यक्ष बिमल बहादुर शाक्यलाई चेक हस्तान्तरण गरेका छन ।

लुम्बिनी प्रदेश सभासदस्य तथा समितिका संस्थापक अध्यक्ष, संरक्षक भोजप्रसाद श्रेष्ठले पर्यटकिय गन्त्ब्यस्थलका रुपमा आफनो पहिचान बनाएको मणिमुकुन्द सेन उद्यान सामाजिक कार्यमा समेत सधै अग्रसरता रहेको बताए । संस्थापकहरुको धेरै मेहनत र योगदानकै कारण अहिलेको अवस्थामा आईपुगेको उनले बताए ।

दीर्घकालिन र अल्पकालिन योजना बनाएर समिति लाग्न उनले सुझाव दिए ।

मणिमुकुन्द उद्यान देशकै अन्य उद्यानहरुलाई सिकाई केन्द्रका रुपमा रहेको भन्दै सितकालिन भग्नावशेष दरबार, मदारबाबाको मन्दिर जस्ता ऐतिहासिक स्थलको संरक्षणसंगै पर्यटकको गन्त्ब्य स्थलका रुपमा विकास गर्न सफल भएको अध्यक्ष माधव नेपालले बताए ।

वर्षेनी आन्तरिक र बाह्य पर्यटक बढाउने गरि गुरुयोजना अनुसार कामहरु गर्दै आएको उनले बताए । यसैगरि सन्चोबिसन्चो केन्द्र निर्माण गर्न, दुई वटा कुडुले घर निर्माण गर्ने, तारा मण्डल निर्माण गर्न, जिपलाईनको सम्भाव्यता अध्ययन लगायतका कामहरु भैरहेको उनले बताए ।

उद्यानको सौन्दर्यिकरणलाई प्राथमिकता दिएर काम भैरहेको भन्दै उनले २७ हजार स्क्वायर फुट क्षेत्रफलमा दुबो रोपन कार्य भैरहेको महासचिव युवराज घिमिरेले बताए । यसैगरि ३ वटा सेल्फि मुर्ति स्थापना तथा फागुन २५ गते महाशिवरात्रीको दिन शिवालय मन्दिर समुद्घाटनको तयारी समेत रहेको उनले बताए ।

हाल उद्यानमा १६ जनाले स्थाई, १७ जना दैनिक ज्यालादारी, अप्रत्यक्ष ४८ जनाले रोजगार पाएका छन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %