प्राक्टिसले मात्र संविधानलाई पूर्णता दिन्छ : संविधान बिद दाहाल

प्राक्टिसले मात्र संविधानलाई पूर्णता दिन्छ : संविधान बिद दाहाल
0 0
Read Time:2 Minute, 36 Second

बुटवल । संविधान बिद काशीनाथ दाहालले कुनैपनि देशमा भएका संविधानबाट सबै सन्तुष्ट नरहेको उल्लेख गर्दै नेपालको संविधानमा पनि कहिँ-कतै कमजोरी रहेको हुनसक्ने बताएका छन्।

Advertisement

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधान बिद दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा प्राक्टिस कम हुँदा संविधान पूर्ण हुन नसकेको उल्लेख गरे।

उनले संविधानलाई दिगो बनाउनको लागि राजनीतिक शक्तिहरूले यसप्रति अपनत्व राखेर कार्यान्वयनको विकल्प नरहेको बताए।

कुनैपनि संविधानलाई गतिशील बनाउन तीन कुरा समयमा हुन आवश्यक रहेको भन्दै उनले भने,’ संविधान कार्यान्वयन एवं गतिशील बनाउन तीन कुरा आवश्यक छ। ती हुन अपेक्षा गरेका कानुन तत्काल बन्नुपर्ने हुन्छन् तर आवश्यक कानुन बन्न सकेनन् । दोस्रो जनताले अनुभूति गर्न नसक्नु र गराउन नसक्नु हो भने तेस्रो संविधान स्वीकार नगर्ने शक्तिमार्फत कमी कमजोरी खोजी गर्नु आवश्यक छ।’

उनले संविधानमा लेखेका कुराले मात्रै संविधान पूर्ण नहुने भन्दै यसलाई कार्यान्वयन गरेमा मात्र संविधान क्रियाशील दस्ताबेजको रूपमा रहने उल्लेख गरे।

क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले योग्य र सक्षम व्यक्ति संसदमा पुगेमा त्यसबाट बन्ने सरकार उत्तरदायी र जबाफदेही बन्ने भएकोले आम निर्वाचनबाट नै जनताले सही मतको प्रयोग गरेमा स्वार्थ समूहले विधि एवं कानुन बनाउन नपाउने भएकोले जनताले मतदान गर्दा देखि नै ध्यान पूर्‍याउन आग्रह गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %