गणपति मिष्ठान्नले निरन्तर शाखा बिस्तार गर्दै, सातौं शाखा जोगिकुटिमा उद्घाटन हुँदै

गणपति मिष्ठान्नले निरन्तर शाखा बिस्तार गर्दै, सातौं शाखा जोगिकुटिमा उद्घाटन हुँदै
0 0
Read Time:2 Minute, 37 Second

बुटवल। बुटवलको योगिकुटीमा गणपति मिष्ठान्न भण्डारको नयाँ सातौ शाखा संचालनमा ल्याएको छ ।

Advertisement

यसअघि बुटवल, सैनामैना र तिलोत्तमाका विभिन्न स्थानमा छ वटा शाखा संचालनमा ल्याएको गणपति ग्रुपले योगिकुटीमा सातौ शाखा विस्तार गरेको हो ।

बुटवलमा गणपती मिष्ठान्न भण्डारको ब्रान्ड बनाएको चेन विजनशेन कम्पनीका ६ जना सञ्चालकहरुको लगानीमा सातौ शाखाको योगीकुटीमा औपचारीक शुभारम्भ गरिने भएको हो ।

योगीकुटी शाखाको बिहीबार एक कार्यक्रमका विच बुटवल उपमहानरापलिका प्रमुख खेलराज पाण्डेयले औचिारीक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

एक करोड ५० लाख रुपैयाँमा लगानीमा यागिकुटीमा शाखा विस्तार गरेको गणपतिले यसअघि बुटवलको ट्राफिक चौक, मिलन चौक, देवीनगर, मुर्गिया, मणिग्राममा आफ्ना छ शाखा विस्तार गरि सकेको छ ।

नारायण केसी, मेघराज पन्थ, किरण थापा, डम्बर कुँवर, चुम बहादुर खत्री, माया ज्ञवालीको संयुक्त लगानीमा गणपति ग्रुपको चेन विजनेश कम्पनी संचालन रहेको र त्यसैले यागिकुटीमा साँतौ शाखा संचालनमा ल्याएको हो ।

बुटवलमा २१ बर्ष पहिला स्थापना भएको गणपती मिष्ठान्न भण्डारको मिठाईमा ब्रान्डको रुपमा स्थापना भएको छ । यि शाखा बाट दैनिक १ सय ५० किलोका ६० प्रकारका मिठाई उत्पादन र विक्रि हुदै आएका छन् ।

जसको मुख्य फैक्ट्री ड्राईभर टोलमा स्थापना गरिएको समुहका अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो । योगीकुटी शाखामा गणपतीको मिष्ठान्न सहित चिया घर समेत शुभारम्भ हुने छ ।

योगीकुटीमा १७ जना र सबै शाखामा रहेर कुल १ सय २० जना कर्मचारीले रोजगारी पाएका छन् ।

योगीकुटी शाखाको शुभारम्भको अवसरमा १७, १८ र १९ गते गरी तीन दिन विशेष छुटको समेत व्यवस्था गरिएको सञ्चालकले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %