राष्ट्रपति निर्वाचन लक्ष्यित लुम्बिनीका सांसदलाई आठ दलको निर्देशनः समयमा पुग्नु- प्रलोभनमा नपर्नु
![राष्ट्रपति निर्वाचन लक्ष्यित लुम्बिनीका सांसदलाई आठ दलको निर्देशनः समयमा पुग्नु- प्रलोभनमा नपर्नु राष्ट्रपति निर्वाचन लक्ष्यित लुम्बिनीका सांसदलाई आठ दलको निर्देशनः समयमा पुग्नु- प्रलोभनमा नपर्नु](https://satyadeepsandesh.com/wp-content/uploads/2023/03/IMG_6018-scaled.jpg)
बुटवल । राष्ट्रपति निर्वाचन लक्षित आठ राजनीतिक दलले प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण गरेको छ। सोही अवसरमा लुम्बिनीका सांसदहरुलाई शुक्रवार प्रशिक्षण गरिएको छ।
प्रशिक्षणमा एनजिओ, आइएनजिओको नाममा सांसदलाई अल्मल्याउन खोजिएको भन्दै यस्ता उल्झनमा नपर्न समेत सचेत गराइएको छ । मत बदर हुन नदिन र २३ गतेनै काठमाण्डौं पुग्न निर्देशन समेत दिइएको छ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले नागरिकता वा मतदाता परिचयपत्र अनिवार्य साथमा राखेर काठमाण्डौं पुग्न निर्देशन दिएका छन। ‘२३ गतेनै काठमाण्डौं पुगीसक्नुपर्ने छ । कसरी पुग्ने यहाँहरुले तयारी गर्नु होला, सकेसम्म एकै ठाउँ बस्नुहोला’ पुनले भने,‘एनजिओ, आईएनजिओको नाममा अल्मल्याउन खोजिएको जस्तो देखिन्छ । यस्ता उल्झनमा नपर्नुहोला ।’
गोप्य मतदान भएपनि कसैको प्रलोभनमा नपर्न समेत सांसदहरुलाई भनिएको छ । यसका अतिरिक्त मत बदर हुन नदिन सहि तरिकाले मतदान गर्न भनिएको छ । मतपत्रमा यसपाली स्वस्तीक छापले संकेत गर्नुपर्ने छ । अहिले त उम्मेदवारको फोटो पनि भएकाले मत संकेत गर्न सहज हुने जानकारी दिइएको छ ।
शुक्रबार आठ राजनीतिक दलले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा अभिमुखीकरण गरेर राष्ट्रपती निर्वाचनको बारे जानकारी दिएका छन् ।
संविधानमा राष्ट्रपतीलाई कार्यकारी अधिकार दिइएको छैन । तर, अघिल्ला केही अभ्यासले राष्ट्रपतीलाई कार्यकारी जस्तो भूमिकामा देखाउनु चुनौतीकको बिषय बनेको र अव बन्ने राष्ट्रपतीले संविधानको रक्षा, त्यसको पालनामा ध्यान दिनुपर्ने धारणा व्यक्त गरिएको छ । नेपाली कांगे्रसले सुजबुझ पूणर्रुपमा राष्ट्रपतीमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको माओवादी नेता चक्रपाणी खनालले बताए ।‘पाँच दलिय गठबन्धन किन बन्यो, किन भत्कियो, नयाँ किन बन्यो भन्ने भन्दा पनि हामी संविधानको रक्षाको लागी एक ठाउँमा छौं’उनले भने,‘हामीहरुको विचमा विश्वास चाहिन्छ । कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतीको रुपमा सुझबुझपूणर् रुपमा उम्मेदवार बनाएको छ ।’
प्रतिनिधि सभा विगठन, विधेकहरु रोकिनु जस्ता घटनाहरु अव नदोहोरिने प्रतिबद्धता व्यक्त गरिएको छ । संविधानको रक्षाको लागी सहि व्यक्तीलाई राष्ट्रपतीमा निर्वाचित गरिनुपर्ने भएकाले आठ दलिय गठबन्धन निर्माण भएको लोकतान्त्रीक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ सुक्लाले जानकारी दिए ।‘रातारात राष्ट्रपतीलाई शक्ति दिने काम भयो । यो गलत हो’उनले भने,‘सार्वभौम संसद भन्दा माथी कोही छैन् । संसदले गरेका निणर्यहरु रोकिनु दुर्भाग्य थियो । अव त्यसो हुने छैन् ।’
नयाँ बनेको ८ दलिय गठबन्धन भित्र विश्वासको वातावरण कायम गर्दै निर्वाचनमा इमानदारीताको आवश्यकता पर्ने अन्य दलका नेताहरुको भनाई छ । अभिमुखीकरणलाई सम्वोधन गर्ने अन्य दलका नेताहरुले गठबन्धन भित्र विश्वास कायम हुनुपर्ने धारणा व्यक्त गरेका थिए । अभिमुखीकरणमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी, एकिकृत समाजवादी पार्टीका सांसदहरुको सहभागीता थियो । लुम्बिनी प्रदेश ८७ सदस्यीय छ ।चयन गर्न यही फागुन २३ गते निर्वाचन हुदैछ । विहान १० बजे देखी दिउँसो ३ बजे सम्म चल्ने मतदानले तेस्रो कार्यकालको लागी राष्ट्रपती चयन गर्ने छ ।आठ राजनीतिक दलबाट कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ्ग उम्मेदवार छन् ।
लेखकको सम्वन्धमा