चर्चामा

चैत ४ देखि हुने २२ औं तिलोत्तमा गोल्डकपको पुरस्कार ११ लाख ११ हजार १ सय११ पुग्यो

चैत ४ देखि हुने २२ औं तिलोत्तमा गोल्डकपको पुरस्कार ११ लाख ११ हजार १ सय११ पुग्यो
0 0
Read Time:4 Minute, 43 Second

बुटवल । नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गतेदेखि सञ्चालन हुने भएको छ । २०७५ मा २१औं संस्करणको प्रतियोगितापछि रोकिएको गोल्डकपको २२ औं सस्करण कोरोना संगै रोकिएको थियो।
रुपन्देही जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको र चैत ४ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको छ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला फुटबल संघ रुपन्देही अध्यक्ष लोक पुनले प्रतियोगितामा सहभागीता जनाउने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, मनाङ मर्स्याङदी, रुपन्देही-११, थ्री स्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूर पश्चिम-११ ले प्रतिस्पर्धा गर्नेछन।
प्रतियोगिताको बिजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ , उपबिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष पुनले बताए । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ वा १ थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै ५ वटा बिधामा उत्कृष्ट खेलाडीले ३० हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।
प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपैयाँ दिने संघका पूर्व अध्यक्ष दीर्घबहादुर केसीले बताए ।
संघका महासचिव हिमाल गौचनले गोल्डकपको अन्तिम तयारी चलिरहेको बताउदै खेलमैदान, स्टेडियम लगायतको काम सकिएको बताए।
२१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । क्यामरुनले नेपाल पुलिसलाई पराजित गरेको थियो।
तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो ।
बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।
३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ६५ सालमा सञ्चालन भएपनि ६६ मा रोकिएर फेरि ६७ सालमा संचालन भएको थियो ।
६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा संचालन भए पनि पछिल्लो पटक ७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुँदै आएको थियो ।

हालसम्म को को विजयी भए ?
२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।
त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रँ मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए ।२० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टार क्लव काठमाडौंले जितेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement