विपदसम्बन्धी विषयगत क्षेत्रका लागि सुचना ब्यवस्थापन तालिम बुटवलमा शुरु
बुटवल । विपदसम्बन्धी सुचना ब्यवस्थापन तालिम बिहिवारदेखी बुटवलमा शुरु भएको छ।
आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा युएनडिपि, युनिसेफ, युएनवुमेन,रेडक्रस सोसाइटी र सिडिएमको संयुक्त संयोजनमा सञ्चालित शहरी विपद तथा भुकम्पीय पुर्वतयारी परियोजना(सुपर)को आयोजनमा सम्बन्धित पक्षलाई तालिम प्रदान गर्न शुरु गरिएको हो।
प्रदेशका मन्त्रालयहरुका बिपद फोकल पर्सन, कोलिड(आइएनजिओ), रेडक्रस, बिपद सम्बन्धि काम गर्ने सरोकारवालाहरुलाइ सुचना ब्यवस्थापन तालिम प्रदान शुरु गरिएको नेपाल रेडक्रसका राज कुमार घिमिरेले जानकारी दिए।
तालिमको आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका निमित्तसचिव यम बहादुर कुवरले उद्घाटन गरे। उनले लुम्बिनी प्रदेश सरकारले विपद ब्यवस्थापनका लागि विभिन्न कामहरु गर्दै आएको बताउदै सिकेको सिपलाइ प्रभावकारी बनाउन आग्रह गरे।
तालिममा भौतिक पुर्वाधार मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक बिकास मन्त्रालयका कर्मचारी, रेडक्रसका कर्मचारी तथा समिती, विषयगत क्षेत्रका आईएनजिओहरुका प्रतिनिधिको सहभागीता रहेको छ। तालिम शुक्रवारसम्म चल्नेछ। कार्यक्रममा रेडक्रस लुम्बिनी अध्यक्ष लाल प्रसाद पङेनी, युनिसेफ प्रतिनिधि शंकर पौडेल,सुबास ज्ञवाली, संयुक्त राष्ट्र सङ्ह आवासीय सम्योजक कार्यालयका रबिन्द्र मान भन्डारी, राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन कार्यालयका सुजन सुभ लगायतले बोलेका थिए।
लेखकको सम्वन्धमा