चर्चामा

‘हरेक क्षेत्रमा महिला समान सहभागीता सुधारउन्मुख’

‘हरेक क्षेत्रमा महिला समान सहभागीता सुधारउन्मुख’
0 0
Read Time:3 Minute, 26 Second

बुटवल । पछिल्लो समय हरेक क्षेत्रमा महिलाहरूको समान सहभागीताको अवस्था सुधारोन्मुख रहेको सरोकारवालाले बताएका छन।
गैर सरकारी सस्था महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनमा ११३ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा आईतवार बुटवलमा आयोजित छलफलमा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन।
कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालमा केही समय पहिला महिलाहरुको सहभागीता निकै कम भएपनि पछिल्लो अवस्थामा महिला सहभागीता सुधारीयको बताएका थिए।
कार्यक्रममा बोल्दै गैर सरकारी सस्था महासंघ नेपालका केन्द्रिय सदस्य गोबिन्द प्रसाद रेग्मी महिलाहरुलाई हरेक कार्यमा समान सहभागिता सुनिस्चित गर्नको लागि शुरु गरिएको महिला दिवस आजभोली प्रभावकारी हुँदै आएको बताए।उनले विश्वमा महिलाहरुको क्षेत्रमा भएका कामहरु र बनेका ऐनकानुनहरुको बारेमा बताउदै नेपालमा पछिल्लो समय महिलाहरु हरेक क्षेत्रमा पुगेको बताए।
गैर सरकारी सस्था महासंघ लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहेका रेग्मीले सस्था एव महासंघ महिलाहरुको उपस्थिति पछिल्लो समय बढेको बताउदै नेपाली समाजको शैक्षिक स्तर बढ्दा महिलाको उपस्थिति बढेको बताए।उनले महिलाहरुको क्षेत्रमा सरकारले अझै ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा बोल्दै गैर सरकारी सस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुसिला बेल्बासे(जितकुमारी)ले पुरानो मानसिकता चिर्दै अहिले सम्मानजनक सहभागीता पाएको बताउदै यसलाइ समान सहभागीता सम्मको अवस्थामा पुर्‍याउनुपर्ने बताईन।
उनले महिलाहरुको शुरक्षालाई देखाउदै परिवारले पनि महिलालाई अवसरबाट बन्चित गर्ने गरेको भएपनी पछिल्लो समय यो परिवर्तन भईरहेको बताइन।उनले सरकारले आफ्ना नीति कार्यक्रमहरुमा महिला लक्षित कामहरू गर्नुपर्ने बताईन।
कार्यक्रममा बोल्दै सिएसएन महासचिवअधिवक्ता गौमती सुनारले महिला हिंसाका घटना बढेको बताउदै पछिल्लो समय डिजिटल माध्यमबाट हिंसा भोगेका घटनाहरु बाहिर आएको बताईन। उनले सामाजिक सञ्जालबाट हिंसाका घटना बाहिर आईरहेको बताईन। यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ।
कार्यक्रममा सेतो गुराँसकि मिनु पौडेल ,सिडिएम नेपालका शशिराज बेल्बासे, एक्लोलाई साहारा दिने वृक्ष समूहका बिनोद बिसि, गैर सरकारी सस्था महासंघ लुम्बिनी प्रदेश सदस्य रिमा बिसि, बालकुमारी अर्याल लगायतले बोलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement