चर्चामा

खुद्रा किरानाको नवौं अधिवेशन फागुन २९ गते, क्षेत्रगत समितिका क्रियाशिल

खुद्रा किरानाको नवौं अधिवेशन फागुन २९ गते, क्षेत्रगत समितिका क्रियाशिल
0 0
Read Time:2 Minute, 33 Second

बुटवल । जनता संग प्रत्यक्ष रुपमा जोडिएको खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीको १७ औं साधारणसभा एवं नवौं अधिवेशन यहि फागुन २९ गते हुने भएको छ।

Advertisement

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख भुपु सैनिक हल देवीनगरमा हुने संघ अध्यक्ष मोहन प्रसाद बस्यालले जानकारी दिए।

साधारणसभा एवं अधिवेशनमा संस्थापक एवं अध्यक्ष पूर्व अध्यक्ष, सल्लाहकार, लेखा समिती तथा क्षेत्रगत समिती र साधारण र आजिवन सदस्यलाई सहभागीताको लागि आग्रग गरिएको छ।

क्षेत्रगत समिती बिस्तार तीब्र
संघले क्षेत्रगत समिती बनाएर संघलाई अझै बलियो बनाउने काम निरन्तर रुपमा अगाडि बढाईरहेको छ। संघका १४ वटा क्षेत्रगत समिती छन। बुटवलका विभिन्न क्षेत्र, सैनामैना, तिलोत्तमा नगरपालिकाका केही क्षेत्र तथा सियारी र शुद्धाेधनका केही क्षेत्रमा समिती बिस्तार गरि क्रियाशिल बनाउदै अधिवेशनहरु भएका छन।

रानिगञ्ज क्षेत्रको अध्यक्षमा छबिराज रास्कोटी, मिलनचोक क्षेत्रमा ओम प्रकाश श्रेष्ठ, आदर्शनगर चादबारी क्षेत्रमा बुद्धि सागर पाण्डे , लक्ष्मीनगर गोलपार्क क्षेत्रमा निर्मल श्रेष्ठ, कालिकानगर क्षेत्रमा खगराज ज्ञवाली, देबिनगर प्रगतिनगर क्षेत्रमा विमला गुप्ता, मैनाबगर बुटवल वडा १ र २ क्षेत्रमा राजकुमार श्रेष्ठ, बेलबास तामनगर क्षेत्रमा नारायण खनाल, बुद्धनगर मजुवा क्षेत्रमा नारायण खनाल , सुख्खानगर क्षेत्रमा कृष्ण प्रसाद बञ्जाडे, तिलोत्तमा नगरपालिका क्षेत्रमा चक्रमणि भट्टराई,दिपनगर क्षेत्रमा बेनु न्यौपाने, सैनामैना क्षेत्रमा र सियारी सुद्धोधन क्षेत्रमा प्रेमनारायण न्यौपाने संयोजक रहेका समितिहरु रहेको अध्यक्ष बस्यालले बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %