लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखी, भोलि प्रधानमन्त्रीले सम्बोधन गर्दै
Read Time:54 Second
बुटवल । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आज देखि शुरु हुँदैछ।
आज ३ बजेका लागि बैठक बोलाएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन सम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि छ।
यस्तै भोलि प्रदेश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ।
लेखकको सम्वन्धमा