शान्ति मबिको हिरक महोत्सवको सन्दर्भमा बुटवलमा अन्तरक्रिया

शान्ति मबिको हिरक महोत्सवको सन्दर्भमा बुटवलमा अन्तरक्रिया
0 0
Read Time:3 Minute, 7 Second

बुटवल । शान्ति माध्यमिक विद्यालय मालारानी ५ बाँगीले शनिबार हिरक महोत्सवको सन्दर्भमा बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाकी पूर्व सदस्य निर्मला क्षेत्रीले सामुदायिक विद्यालयका समस्याहरूका सन्दर्भमा धारणा राख्नु भएको थियो । कार्यक्रममा शिक्षाप्रेमी गोविन्द के.सी., दलित उत्थान विकास समितिका पूर्व अध्यक्ष खिम बहादुर बि.क., हिरक महोत्सव आर्थिक समितिका सदस्य वीर बहादुर कुँवर, बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. दुर्गा भुसाल, डा. अरुण क्षेत्री, पुर्व जिल्ला शिक्षा अधिकारी डबल बहादुर बि.सी., गौतम बुद्ध विमान स्थल भैरहवाका उपप्रबन्धक किशोर आचार्य, सैनामैना नगरपालिका इन्जिनियर अरुण खनाल, बाँगी रुपन्देही सम्पर्क समाजका अध्यक्ष बाबुराम खनाल, मालारानी गाउँपालिका ५ बाँगीका पूर्व वडा अध्यक्ष शोभाखर भुसाल, भोज बहादुर खड्का लगायतले धारणा राख्नु भएको थियो । कार्यक्रममा शान्ति मा.वि.का प्रधानाध्यापक मान बहादुर पाण्डेले विद्यालयको संक्षिप्त इतिहास २०८१ वैशाख ३ गते आयोजना हुने ६० औं वार्षिक उत्सव तथा हिरक महोत्सवको कार्ययोजना, रूपन्देहीमा सद्भाव कायम गर्न गरिएको कार्यक्रम र विद्यालयका असल अभ्यासहरूको बारेमा सहजीकरण गर्नु भएको थियो । नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालय सुधारका चार खम्बाहरु भौतिक आर्थिक शैक्षिक र व्यवस्थापकीय पक्ष लगायत असल अभ्यासको बारेमा पावर पोइन्टबाट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा भोज बहादुर खड्काले १ लाख ११ हजार १ सय ११ रुपयाँ, खिमानन्द आचार्यले ५१ हजार ५ सय र किशोर आचार्यले ५० हजार १ सय ५० रुपयाँको अक्षयकोष घोषणा गर्नु भएको थियो । मालारानी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष शिक्षाप्रेमी तुल्सीराम मिश्रको अध्यक्षतामा शान्ति मा.वि.का शिक्षक वसन्त बहादुर खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement