सातौँ नगर स्तरीय क्रिकेट मेयर कप फागुन २२ गते देखि हुँदै
कपिलवस्तु । सातौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गते देखि २८ गते सम्म हुन गइरहेको कपिलवस्तु नगरपालिकाद्धारा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएको छन्
राष्ट्रको लागि खेलकुद ’ देशको लागि खेलकुद’ भन्ने मूल नारा सहित सातौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता हुन लगेको कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेलले बताएको छन्
नयाँ प्रतिभाहरूको खोजी पहिचान एवम् संरक्षणको लागि सातौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता हुन गाइरहेको ,भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई नगरको छवि उच्च बनाउनको लागि योगदान पुर्याउन सक्ने खेलाडी उत्पादन गर्नै उद्देश्यले सातौँ मेयर कप क्रिकेट हुन गइरहेको नगरप्रमुख पौडेलले बताए ,क्रिकेट खेल टि २० नक आउट हुने पहिलो आउनेलाई रु ५० , ००० ( पचास हजार ) र दोस्रो आउनेलाई रु ३०, ००० ( तिस हजार ) सहित मेडल , ट्रफि र प्रमाणपत्र पाउने खेल संचालन तथा व्यवस्थापन समिति कपिलवस्तु नगरपालिका वडा ५ का अध्यक्ष दिरेप कुमार चौधरीले बताएको छन्
सातौ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा पहिलो खेल बिहान ७ बजे र दिनको खेल १ बजे देखि शुरु हुने सदस्य सचिव युवराज भुसाले जनाकारी दिए ।
खेल बुद्ध पद्य माध्यमिक बिधालयको खेलमैदानमा खेलाउने जानकारी दिएकाे छन।
लेखकको सम्वन्धमा