९ महिनामा नै तयार भयो एक्स्ट्राटेक अन्तरष्ट्रिय क्रिकेट खेल मैदान, आज उद्धाटन संगै लिजेण्ड कप हुँदै

९ महिनामा नै तयार भयो एक्स्ट्राटेक अन्तरष्ट्रिय क्रिकेट खेल मैदान, आज उद्धाटन संगै लिजेण्ड कप हुँदै
0 0
Read Time:7 Minute, 54 Second

बुटवल। गरे के हुँदैन भन्ने उदाहरण बनेकाे छ रूपन्देहीकाे तिलाेत्तमा नगरपालिकामा निर्माण भएकाे अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला । गुल्मीका युवा विनोद कुँवरले अष्ट्रेलियामा गरेको कमाइबाट रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने कुरालाइ जाेडताेडका साथ लिएर शिलन्याश गरेकाे ९ महिनामै खेल्न याेग्य बनेकाे छ ।

Advertisement

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान नाम दिइएकाे यस मैदानकाे अाज उद्घाटन गरेर खेल सञ्चालन गरेर शुभारम्भ गर्न लागिएकाे हाे ।

धुर्मुस-सुन्तलीले चन्दा उठाएरै बनाउन खोजेको चितवनको क्रिकेट रङ्गशाला वर्षौं अलपत्र परेर अहिले संघीय र बागमती प्रदेश सरकारसँगै भरतपुर महानगरपालिकाले बनाउने प्रक्रिया अघि बढाएका छन् । काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी रंगशालाको स्तरोन्नति गर्ने काम सुरू हुन सकेको छैन । यस्तो अवस्थामा व्यक्तिगत लगानीमा क्रिकेट मैदान तयार गर्नु कम उपलब्धि होइन ।

जेठ ३० मा शिलान्यास गर्न नेपाल आएका कुँवर यसबीचमा तीन पटक अष्ट्रेलिया-नेपाल आउजाउ गरिसकेका छन् । कुँवरकै पहलमा मैदान तयार भएपछि क्रिकेटर शक्ति गौचन पनि निकै खुशी छन् । खेलबाट सन्न्यास लिएर क्रिकेट क्षेत्रको विकासमा लागेका उनले कुँवरलाई यहाँको व्यवस्थापन र रेखदेखमा पूर्ण साथ दिएका मात्रै छैनन्, क्रिकेटसँग सम्बन्धित सबै तहका नेतृत्वसँग समन्वय गरिरहेका छन् ।

फागुन १४ गते नै उद्घाटन गर्ने भनिएकोमा क्रिकेट खेलाडीहरुको तालिका नमिलेपछि २ साता धकेलिएको रंगशाला निर्माणकर्ता कुँवरले बताए । उनका अनुसार रंगशालामा उद्घाटनको दिन लिजेण्ड्स कप क्रिकेट आयोजना गर्ने तयारी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले जानकारी दिए ।

हाल अष्ट्रेलियामा बस्दै आएका कुँवरले आफ्नी श्रीमती सदीक्षाको सहयोगमा तिलोत्तमा नगरपालिका- १७ मा ४० करोड रूपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशाला निर्माण गरेका हुन् । रंगशाला खेल्न तयार भए पनि अझै भौतिक निर्माण बाँकी रहेको कुँवरले बताए ।

‘यो मैदानमा प्याराफिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने अनुमान छ, प्याराफिट बनाउने काम सुरू भइसकेको छ । यसका लागि करिब १८ करोड खर्च हुनेछ’, उनले लुम्विनी प्रेस संग भने ।

अष्ट्रेलियामा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने कुँवरले निजी स्रोतबाट बनाएको रंगशालाबाट फाइदा नहुने भन्दै धेरैले प्रश्न गरेका छन् । तर, उनी पछि हटेका छैनन् । रंगशालाको स्थायित्वको लागि गुरुयोजना नै बनाइसकेका उनले यसलाई व्यवसायिक रुपमा अघि बढाएर नमुना योजना बनाउने सुनाए ।

‘यसै पनि देशमा रंगशाला कम छन्, क्रिकेटको क्रेज बढ्दैछ, त्यसमाथि मैले व्यवसायिक तरिकाले योजना बनाएको छु, त्यहीअनुसार लगानी गरेको हो, म मेरो योजनामा ढुक्क छु, पूर्वघोषित समयमै यसलाई पूर्ण सञ्चालनमा ल्याउँछु, यो मेरो संकल्प हो’, उनले भने ।

कुँवर व्यक्तिगत लगानीमा एकेडेमीसहितको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणमा जुटिरहेका छन् । सोहीअनुसार अहिले क्रिकेट मैदान तयार भएको छ ।

मैदान उद्घाटनको दिन ४ टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुँदै छ । प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी-२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाएका छन ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन् २०१४ टोलीको कप्तानी गरेका छन् । सन् १९९६ को कप्तानी एलबी क्षेत्रीले गर्दा रेस्ट अफ नेपालको टीमलाई कलाम अली तथा रुपन्देही लेजेन्ड्सलाई हरिबहादुर थापाले कप्तानी गरेका छन् ।

हाललाई प्रतियोगिता आयोजनाको लागि तयार पारिएको मैदानमा थप भौतिक पूर्वाधार थप्दै लाने योजना रहेको कुँवरले बताए । यसै साता प्याराफिट तथा एकेडेमी भवनको शिलान्यास हुनेसमेत उनले जानकारी दिए ।

नेपालका पूर्वक्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्रान्ड एम्बासडर छन् । यो क्रिकेट रंगशाला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ । उक्त एकेडेमी र सेन्टरको जिम्मेवारी शक्ति गौचनलाई दिइएको छ । रंगशाला कम्पाउन्डमा एकेडेमीको चार तले भवन बन्नेछ , जसमा १०० जनालाई आवासीय प्रशिक्षण दिइने बताइएको छ ।‘यो मैदानमा जुनसुकै अन्तर्राष्ट्रिय तहको खेल खेल्न मिल्छ’, गौचनले लुम्विनी प्रेससंग भने ।

यूएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा छन् ।करिब २५ हजार दर्शक क्षमताको रङ्गशालासहित एकेडमी भवन बनाउने र राम्रा खेलाडी उत्पादन गर्ने कुँवरको लक्ष्य छ ।

रुपन्देही आफैंमा क्रिकेटका लागि चिनिएको जिल्ला हो । यहाँ धेरै राष्ट्रिय खेलाडी जन्मिएका छन् । राजु खड्का, शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, देव खनाल, ईन्दु वर्मा रुपन्देही जिल्लाकै उत्पादन हुन् । यो रङ्गशालाले रुपन्देहीबाट थप खेलाडी तयार हुने विश्वास क्रिकेटप्रेमीहरुले लिएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %