दधि-स्मृति आख्यान साहित्य पुरस्कार पियुषलाई
बुटवल । कपिलवस्तुमा रहेको दधि स्मृति साहित्य समाजले दधि-स्मृति आख्यान साहित्य पुरस्कार २०८० बाट कवि एवं वरिष्ठ साहित्यकार अमृत भुसाल (पीयूष)लाई पुरस्कृत गरेको छ।
दधि स्मृति साहित्य समाजद्वारा आयोजित बृहत कवि गोष्ठी २०८० को पावन अवसरमा पुरस्कार प्रदान गरिएको सचिव सुशील अर्यालले जानकारी दिए।
शिक्षा (उपन्यास) लगायत अनेकौ फुटकर रचनाहरु प्रकाशन गरी सिद्धि र प्रसिद्धि प्राप्त गर्नुका साथै विविध साहित्यिक संघ संस्थामा आवद्ध रही कविता कथा गजल तथा लेख रचना सृजना गरी नेपाली भाषा वाङमयको संस्थागत विकासका निम्ति गर्नु भएको उल्लेख्य योगदानको उच्च मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरिएको हो।
भुसाललाई कार्यक्रमका प्रमुख अतिथी बरिस्ठ साहित्यकार जंगबहादुर शाह तथा अध्यक्ष लेखनाथ घिमिरेले पुरस्कृत गरेका हुन।
भुसाल लामो समय देखि साहित्य संगै मूख स्वास्थ्य अभियानमा अभियन्ताको रुपमा काम गरिरहेका छन।
उनका शिखा उपन्यास निकै चर्चित छ।
लेखकको सम्वन्धमा