चर्चामा

रोट्रयाक्ट डिस्टिकद्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

रोट्रयाक्ट डिस्टिकद्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
0 0
Read Time:2 Minute, 33 Second

बुटवल । रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटानद्वारा  धुलिखेलमा ०२ दिने प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न   भएको छ ।

Advertisement

आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ का लागि देशैभर रहेका सम्पुर्ण  रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाइ रोट्रयाक्ट सम्बन्धि विभिन्न तालीमहरु प्रदान गर्ने उदेश्यले  प्रशिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।

फागुन २५ र २६ गते धुलिखेल स्थित माउन्ट प्रिन्सेस होटेलमा भएको तालिममा प्रशिक्षकहरुलाई विभिन्न विषयबस्तुमा केन्द्रित रहेर सैद्धान्तिक, ब्यबहारिक एवं समुहहरु निर्माण गरि प्रयोगात्मक सिकाइ पद्धति र खेल सिकाइ पद्धति  समेत अबलम्बन गरि तालीम प्रदान गरिएको थियो भने तालिममा सहभागीहरुलाई  विभिन्न बिधाहरुमा मूल्याकंन गरि उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो ।

सो अवसरमा  रोट्रयाक्ट डिस्टिक ३२९२ का बर्तमान  डिआरआर  रोशन कुमार कार्की , प्रशिक्षक नानिकाजी खड्का , प्रदिप धिताल ,  २०२४/२५ का लागि  इलेक्ट डिआरआर दिनेश गैरे लगायतले फरक फरक शिर्षकमा  तालिम प्रदान गर्नुभएको थियो ।

आगामी रोट्रयाक्ट बर्ष २०२४/२५ लाई  फरक एवं प्रभावकारी ढंगले अगाडि बढाउने  र प्रशिक्षकहरुको भुमिकालाई पनि प्रभावकारी बनाउने उदेश्यले  अहिले नै  देशभर बाट ४६ जना  प्रशिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सप्पन्न गरिएको बर्ष २०२४/२५ का डिआरआर  बिक्रम क्षेत्रिले बताउनु भयो । 

तालिम कार्यक्रमको  सहजीकरण बर्ष २०२४ /२५ का लागि  रोट्रयाक्ट डिस्टिक तालिम निर्देशक अनुषा घिमिरे नेपाल लगायतले गर्नुभएको २४/२५ का रोट्रयाक्ट डिस्टिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %