हाटबजार व्यवसायीहरुको निशुल्क स्वास्थ्य परिक्षण
बुटवल । रुपन्देहीका बिभिन्न हाटबजारहरुमा व्यवसाय गर्ने व्यवसायीहरुको संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीले आफ्ना सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ ।
बुटवल अस्पताललाईनमा रहेको मेडिटेक हस्पिटल तथा रिसर्च सेन्टरको प्राविधिक सहयोगमा अस्पतालमै बिहान १० बजेदेखी साँझ ४ बजेसम्म ृहत निःशुल्क स्वास्थ्य शिविर नै सञ्चालन गरेर निशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।
अस्पतालमा शिविर शुरु हुनु अघि आयोजित कार्यक्रममा बोल्दै हाटबजार व्यवसायी संघका संस्थापक अध्यक्ष तथा चितवन अस्पतालका अध्यक्ष बाबुराम पोखरेलले व्यवसायीहरुको लागि आफुले निकै योगदान गरेको भन्दै अहिले स्वास्थ्य क्षेत्रबाट सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा प्रमुख आतिथि समेत रहेका पोखरेलले आफु संस्थापक रहेको संस्थामा क्रियाशिलता राम्रो देखिएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै मेडिटेक हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष जेपी कंडेलले अस्पतालले सामाजिक उत्तरदायीत्वका कामहरु नियमित गर्दै आईरहेको बताए । उनले स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा अस्पतालका हाडजोर्नी बिशेषज्ञ चिकित्सक डा. गोपाल ज्ञवालीले स्वास्थ्यको पहुँच बढाउनको लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।
कार्यक्रममा संघका अध्यक्ष हुमाराम पोखरेलले संघमा आवद्ध सदस्यहरुलाई सुबिधा दिनको लागि आफ्नो नेतृत्वको सिंगो टिम नै लागिरहेको बताए ।
कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक गणेश ज्ञवाली, प्रशासन प्रमुख ः कृष्ण ज्ञवाली, डाक्टर विनिता थापा, संघका महासचिव जयन्त घर्ती लगायतले बोलेका थिए ।
बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हाडजोर्नी रोग विशेषज्ञ डा. गोपाल प्रसाद ज्ञवाली, फिजिसियन रोग विशेषज्ञ डा. ज्ञानहरि मरासिनी, महिला तथा प्रसुतिरोग विशेषज्ञ डा. विनिता सुवेदी, रेडियोलोजिष्ट डा. ज्ञानचन्द्र पौडेललगायतका विशेषज्ञ डाक्टरहरुद्वारा १८० जना व्यवसायी सदस्यहरुले स्वास्थ्य चेकजाँच गराएका हुन् ।
सो अवसरमा संघ र अस्पताल बिच सम्झौता भएको छ । सम्झौता अनुसार संघका सदस्यहरु उपचारका लागि अस्पता पुगेमा औषधि वाहेकका सेवामा ७ देखी २० प्रतिशत छुट दिने सहमति भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष पोखरेल र अस्पतालका प्रबन्ध निर्देशक ज्ञवालीले हस्ताक्षर गरेका थिए ।
लेखकको सम्वन्धमा