हामि र हाम्रो समाज सहकारीको विषेश साधारणसभा सम्पन्न
बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका ७ मा कार्यालय रहेको हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी सस्थाको विशेष साधारणसभा सम्पन्न भएको छ।शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै सहकारीले विशेष साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा सञ्चालक समितीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन एवं नीति कार्यक्रम, लेखा परिक्षण प्रतिबेदन पारित भएको थियो।
सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षता तथा नेप प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बुद रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नारायण बिपि परियार र अञ्जुलि विश्वकर्माले गरेका थिए।
कार्यक्रममा प्राज्ञ बुद राना,बुटवल उपमहानगरपालिका ७ अध्यक्ष पदम गाह,ईन्द्र ज्योति विश्वकर्मा कल्याण समाज रुपन्देहीका सहसचिव ज्योतिलाल विश्वकर्मा,गैर सहकारी सस्था रुपन्देही सहसचिव मनु खड्का, परियार सेवा समाजका अध्यक्ष लोक बहादुर नेपाली, सहकारीका संरक्षक शिव परियार, उपाध्यक्ष पिताम्बर बिक लगायतले बोलेका थिए।
२०७९ असार मा शुरु भएको सहकारीमा ४ सय २ जना शेयर सदस्य रहेको लेखा समिती संयोजक मनु खड्काले जानकारी दिइन।
सहकारीको शेयर पूजी १७ लाख ७ हजार ५ सय तथा निक्षेप २१ लाख १८ हजार ५ सय र कर्जा लगानी ३४ लाख ५५ हजार ५ सय रहेको सहकारीका ब्यवस्थापक बिमास बिकले जानकारी दिइन।
लेखकको सम्वन्धमा