चर्चामा

‘हाइड्रेट’अर्थात् गर्मी मौसममा शरीरमा पानीको मात्रा कसरी पुर्‍याउने ?

‘हाइड्रेट’अर्थात् गर्मी मौसममा शरीरमा पानीको मात्रा कसरी पुर्‍याउने ?
0 0
Read Time:6 Minute, 0 Second

गर्मी मौसममा मान शरीरमा पानीको मात्रा पर्याप्त चाहिन्छ । तर कतिपय मानिसले पर्याप्त मात्रामा पानी नपिएर उनीहरूमा डिहाइड्रेसन अर्थात् निर्जलीकरणको समस्या आउने गरेको पाइन्छ । त्यसैले हाईड्रेट रहनु एकदमै महत्त्वपूर्ण हुन्छ । हाईड्रेट रहन पर्याप्त मात्रामा पानी पिउन जरुरी छ । मानिसको शरीर र मस्तिष्कलाई क्रियाशील राख्नका लागि आवश्यकता मात्रामा पानी पिउनु अति महत्त्वपूर्ण रहन्छ ।

Advertisement

मानव शरीरका हरेक कोशिका, तन्तु र अङ्गहरूको सक्रियता पानीमै निर्भर रहन्छन् । मानिसको शरीरको वजनको ५० देखी ७० प्रतिशत पानीले नै ओगटेको हुन्छ ।शरीरको तापमान नियन्त्रित राख्न, शरीरबाट फोहोर बाहिर निकाल्न, स्वस्थ पाचन प्रणाली प्रवर्द्धन गर्न, स्मरण शक्ति तथा सतर्कता, मुड, र निन्द्राको गुणस्तरमा सुधार ल्याउन पनि पानीले मद्दत पुर्‍याउने गर्दछ ।

स्वास्थ्य रहन मानिसले कति पानी पिउनु पर्छ?
स्वस्थ व्यक्तिले एक दिनमा कम्तीमा पनि आठ गिलास पानी पिउनु पर्छ । हरेक मानिसको काम, वातावरण, शरीरको आवश्यकता फरक फरक हुने भएकाले त्यही अनुसार पानी पिउनु झनै राम्रो मानिन्छ । तर, आफ्नो शरीर ‘हाइड्रेट’ राख्न कम्तीमा पनि आठ गिलास पानी पिउनु राम्रो हुने चिकित्सकहरूको सुझाव रहेको छ । यसमा पुरुषहरूका लागि पानीसहित कुल पेय पदार्थहरूको लगभग १३ कप र महिलाहरूको लागि, पानीसहित कुल पेय पदार्थहरूको लगभग ९ कप पानी पिउनु उपयुक्त हुन्छ ।

यदि पसीना धेरै आउने व्यायाम गर्ने वा अन्य परिश्रमका कामहरू गर्नेहरूका लागि पानी झनै आवश्यक हुन्छ । यद्यपि मानिसको शरीरको अवस्था र ऊ बस्दै आएको जलवायुमा पनि पानीको मात्रा कति भन्ने निर्भर रहन्छ । यदि गर्मी ठाउँमा बस्नुहुन्छ भने शरीर छिट्टैनिर्जलीकरण (डिहाईड्रेट) हुन्छ । त्यस्तो अवस्थामा पनि पानी पर्याप्त मात्रामा पिउनु पर्छ ।

यसैगरि बिरामी भएको बेला पनि पानीको मात्र शरीरलाई धेरै चाहिने हुन्छ । विशेष गरेर ज्वरो, बान्ता र पखालाले गम्भीर निर्जलीकरण निम्त्याउन सक्छ । जस्तै मूत्राशय सङ्क्रमण वा मूत्र नलीमा भएको संक्रमण हुँदा तरल पदार्थको सेवन बढाउन सके विरामबाट छिटो छुटकारा पाउन सकिन्छ ।

मानिसको शरीरले निदाएको बेलामा पनि शरीरबाट पानी गुमाउँछ । त्यसैले उठ्ने बित्तिकैदेखि सुत्ने बेलासम्म कम्तीमा ८ गिलास पानी पिउनु पर्ने चिकित्सकहरूको सुझाव रहेको छ । आफूलाई तिर्खा लागुन्जेलसम्म पनि पानी नपिई बस्नु राम्रो नहुने विज्ञहरूको सुझाव रहेको छ। जब तिर्खा लाग्न सुरु हुन्छ, मानिसको शरीरबाट २ देखि ३ कप पानी सक्किसकेको हुने भएकाले समयमै पानी खाइ हाल्न उपयुक्त रहन्छ । यसैगरि कफी र चियाले पनि शरीर हाईड्रेट गराउन मद्दत पु¥याउँछ तर सुगर–फ्रि उपाय रोज्नु उत्तम रहन्छ । यस्तै आफ्नो स्वाद अनुसार ताजा फलफुलर तरकारीहरू पनि सेवन गर्न उपयुक्त हुन्छ ।

कतिपय अवस्थामा शरीरमा पानीको मात्रा बढाउने बहानामा बजारमा पाइने पेय पदार्थ तथा जाँड, रक्सीको प्रयोग गर्ने गरेको पाइन्छ । तर त्यसको सेवनले शरीरमा पानीको मात्रा झनै कम गराउने हुन्छ । लगभग २० प्रतिशत तरल पदार्थ मानिसको शरीरमा खानाबाट आउँछ – बाँकी ८० प्रतिशत पेय पदार्थबाट। फलफूल र तरकारी मन पराउनेहरूले लागि काँक्रो, टमाटर, खर्बुजा, स्ट्रबेरी, अङ्गुर, साग, काउली, ब्रोकाउली, मुला आदिबाट पनि पानीको मात्रा प्राप्त गर्न सक्छन् ।

दैनिक जीवनमा यी सबै विषयमा ध्यान पुर्याउदा पुर्‍याउँदै पनि निर्जलिकरण हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा निम्न लक्षणहरूका आधारमा आफूलाई निर्जलीकरण (डिहाईड्रेट) भइरहेको थाहा पाउन सकिन्छ :
तिर्खा लाग्ने,
टाउको दुख्ने,
थकाई लाग्ने,
कमजोरी महसुस हुने,
शरीरको तापक्रम बढ्ने,
चक्कर आउने,
मुख सुख्खा हुने,
कब्जियत हुने,
झर्को लाग्ने,
वाकवाकी लाग्ने,
पिसाबको रङ्ग गाढा पहेँलो हुने आदि…

यदि कसैलाई उल्लेखित लक्षण देखिएमा पानी पिउने, ताजा फलफूल खाने गर्नु उपयुक्त हुन्छ । यसका साथै चिकित्सकको सल्लाह अनुसार गर्न पनि आवश्यक रहन्छ । स्रोत : डाइट मायोक्लिनिक

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %