चर्चामा

हाेराइजन गाैतमबुद्धका विद्यार्थीलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम सिद्धार्थ बैंकमा सम्पन्न

हाेराइजन गाैतमबुद्धका विद्यार्थीलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम सिद्धार्थ बैंकमा सम्पन्न
0 0
Read Time:2 Minute, 22 Second

बुटवल । देशमा बढिरहेको आर्थिक तरलताले वित्तिय क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै सिद्धार्थ बैंक बुटवल शाखा कार्यालयले युवा केन्द्रीत एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। होराइजन गौतमबुद्ध मा.वि कक्षा ११ म्यानेजमेन्टका ४१ जना विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको छ। विद्यार्थीहरुलाई विभिन्न ८ समूहमा विभाजन गरी रिटेल वैङ्ग‌किङ्, विजनेश बैङ्किङ ,क्रेडिट डकुमेन्टटेसन,टेड अप्रेसन ,डिजिटल बैङ्किङ,कस्टोमर्स सर्भिस, रेमिट्‌यान्स, रिकोभरी लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा व्यक्तिगत कर्जा कसरी दिने, व्यापार व्यवसायमा उद्यमशिलताको विकास कसरी गर्ने, बैङ्क लाेनमा धितो कसरी रोक्का गर्ने,वैदेशिक व्यापारमा कसरी मध्यस्थता कर्ताको भूमीका निर्वाह गर्ने, डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग कसरी गर्ने, कर्जा कसरी असुली गर्ने, लगायका विषयमा सिद्वार्थ बैङ्क लुम्बिनी प्रदेश प्रमुख सुशिल नेपालले विद्यार्थीहरूलाई जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीहरूले आफूले सिकेका विषयमा समूहगत रुपमा प्रिजेन्टेशन गरेका थिए। प्रिजेन्टेसन कार्यक्रममा सिद्धार्थ बैंक बुटवलका म्यानेजर चन्द्र‌देव पौडेलले सिद्धार्थ बैंकले विगत देखिनै लक्षित वर्गलाई बैङ्किङ सम्बन्धि तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयाे।कार्यक्रममा हाेराइजन जिविएसका प्राध्यापक कृष्णप्रसाद पाण्डे र अमृत आचार्यकाे समेत उपस्थिति रहेको थियोे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement