बुटवल ८ को त्रिभुवन पथ कालोपत्रे गर्ने काम शुरु

बुटवल ८ को त्रिभुवन पथ कालोपत्रे गर्ने काम शुरु
1 0
Read Time:2 Minute, 10 Second

बुटवल । निकै लामो समयदेखि धुलाम्मे रहेको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को त्रिभुवन पथकाे कालोपत्रे ( पिच ) गर्ने काम शुरु भएको छ।

Advertisement

वडा नम्बर ८ का अध्यक्ष यज्ञ प्रसाद पङेनीको विषेश पहलमा बुटवल उपमहानगरपालिकाबाट बजेट ब्यबस्थापन गरि आजबाट कालोपत्रे गर्ने काम सुरु भएको हो।

दास निर्माण सेवाले ९२ लाख १२ हजार ४ सय ६४ रुपैयाँ लागतमा २०८१ जेठ १५ भित्र सम्पन्न गर्नेगरी यहि पुस २५ गते देखि काम शुरु भएको छ।

निर्माण कम्पनीका गणेश दाशले नाली, फुटपाथ र सडक कालोपत्रेको काम समय अगावै सक्ने दाबी गरे।

त्रिभुवन पथ अन्तरगत राजमार्ग चौराहको क्षेत्रमा जग्गाको निर्क्योल हुन नसक्दा सो क्षेत्रमा स्थानीयले गर्मीमा धुलो तथा बर्षामा हिलाम्य यात्रागर्नुपर्ने बाध्यता थियो।

त्यो बाध्यता अन्त्य गर्न आफू वडा अध्यक्ष बनेदेखी नै लागि परेर यो कामलाई पूर्णता दिन सफल रहेको वडाअध्यक्ष यज्ञ प्रसाद पङेनीले बताए। उनले बुटवल ८ भित्र रहेका अव्यवस्थित तारहरुको ब्यवस्थापन गर्ने काम पनि भएको बताउदै वडाबासीले महसुस गर्नेगरी काम गरिरहेको दाबी गरे।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जनताले भोग्नुपरेका समस्या समाधान गर्न तत्पर रहेको बताए। उनले बुटवलको चुनौती रहेको छाडा चौपाया ब्यवस्थापन अन्तरगत ४ सय गाइगोरु गौशाला पुर्‍याईएको बताउदै उज्ज्यालो बुटवल अभियान अन्तरगत हाईमास्ट लाईट र अन्य सडक लाइट जडानको काम भइरहेको बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %