आर्थिक मन्दी समाप्त भएको ५ बर्ष पछि मात्र ऋण तिर्छौ–ऋणीहरु
बुटवल । बैंक तथा वित्तिय संस्था पिडित समन्वय समिति रुपन्देहीले देशमा आर्थिक धरासाही रहेको भन्दै ऋण तिर्ने अवधि क्रृणीहरुलाई दिन माग गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बैंकबाट लिएको क्रृण तिर्ने पक्षमा आफुहरु रहेपनि अहिलेको परिस्थिती जटिल रहेकाले ऋण तिर्ने म्याद बैंक तथा संस्थाहरुले दिनुपर्ने माग राखेका छन् ।
समितिका अध्यक्ष दुर्गा पोख्रेलले आय स्रोत नै बन्द भएपछि बैंकको कर्जा तिर्न कठिन रहेको भन्दै कम्तीमा ५ बर्ष सम्म क्रृणीहरुको धितो लिलाम विक्रि गर्न नपाईने व्यवस्था गर्न सरकार सामु माग गरे ।
अहिले बैंक तथा वित्तिय संस्थालाई क्रृणीहरुले सावा तथा व्याज तिर्न सक्ने अवस्था नरहको भन्दै आर्थिक मन्दी समाप्त भएको मितिले कम्पतीमा ५ बर्ष सम्म कुनै पनि क्रृणीको धितो लिलाम गर्न नपाईने उनको भनाई छ ।
त्यस्तै उनले बैंकहरुले क्रृणीप्रतिे ज्यादती बढि गरेको भन्दै सरकार र राष्ट्र बैंकले खवरदारी गर्नुपर्ने बताए । क्रृणीहरुको समस्या समधानका लागि प्रशासन, स्थानिय तह संग विभिन्न पटक छलफल र बार्ताहरु भएपनि बैंकहरुको ताकेता नरोकिएको उनले बताए ।
ऋणीहरुको घरमा मान्छे पठाएर बैंकहरुले आतंक मच्चाएको समेत बताए । साथै समितिले बैंक वित्तियले प्रवाह गर्ने एउटै प्रकृतिको कर्जाको व्याजदर सवैको समान हुनुपर्ने समेत बताएको छ । कर्जाको सावा तथा व्याज भुक्तानी ढिलाई भएपनि बैंकले लिने हर्जना समेत खारेज हुनुपर्ने समितिको माग छ ।
कर्जा लगानीका बखत ऋणी संग भएको सम्झौता पालना नगरी बैंकहरुले एकतर्फी व्याज समेत बृद्धि गर्ने गरेको समितिको भनाई छ । समितिका सचिव विशाल पौडेलले दोहोरो अंकको चर्को कर्जाको व्याजदरलाई एकल अंकमा झार्नुपर्ने बताए । ०८० भदौ २७ गते स्थापना भएको समितिमा रुपन्देही, कपिलबस्तु, पाल्पा र नवलपरासीका ३२ हजार क्रृणी आबद्ध रहेको समितिले बताएको छ ।
पत्रकार सम्मेलनमा रुपन्देहीकी लक्ष्मी कवारले एनआईसी विकास बैंकले आफु माथी ज्यादती गरेको बताईन । बैंककै कारण आफुले श्रीमान गुमाउनुपरेको साथै जग्गा र घर समेत लिलामी गरेको उनंको भनाई छ ।
लेखकको सम्वन्धमा