उपचाररत एकल महिला परिवारलाई आर्थिक सहयोग

उपचाररत  एकल महिला परिवारलाई  आर्थिक सहयोग
0 0
Read Time:1 Minute, 22 Second

बुटवल । मानव अधिकारको लागि महिला एकल महिला समुह रुपन्देहीले एकल महिला परिवारलाई आर्थिक सहयोग गरेको छ।

एकल महिला परिवरका सदस्य बिरामी भएको भन्दै शनिबार समुहले छुट्टाछुट्टै कार्यक्रम गर्दै दुई जना बिरामीलाई आर्थिक सहयोग गरिएको हो।

समुह लुम्बिनी प्रदेश अध्यक्ष जानकी घिमिरेकी आमा छुमकला घिमिरेको मेरुदण्डको अप्रेसन भइ उपचार भैरहेको र रुपन्देही कार्यसमिति सदस्य माया दर्नालका छोरा बिसाल दर्नालको हातको अप्रेसन भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेकोले शिघ्रस्वास्थ्य लाभको कामना गर्दै सस्थाको तर्फदेखि आर्थिक सहयोग गरिएको समुह रुपन्देहीका सचिव रिता सेनले जानकारी दिइन।

समुह रुपन्देही अध्यक्ष राधिका श्रेष्ठ सहित कार्यसमितिको टोलिले दुबै परिवारलाई नगद १०/१० हजार रुपैयाँ सहयोग सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement