पश्चिम नेपाल बस व्यवसायी प्रा. लि. को निर्वाचनमा गाह नेतृत्वको समावेशी व्यवसायी प्यानल घोषणा

पश्चिम नेपाल बस व्यवसायी प्रा. लि. को निर्वाचनमा गाह नेतृत्वको समावेशी व्यवसायी प्यानल घोषणा
0 0
Read Time:2 Minute, 47 Second

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा. लि. को यही चैत १६ र १७ गते हुने चौथो साधारण सभा एवं दोस्रो अधिवेशनमा समावेशी व्यवसायी प्यानल घोषणा भएको छ।

Advertisement

बुटवल उपमहानगरपालिका वडा नम्बर ७ अध्यक्ष पदमराज गाहको नेतृत्वमा समावेशी प्यानल घोषणा गरिएको हो।

मंगलबार बुटवलमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गर्दै गाहको नेतृत्वको ११ सदस्यीय समावेशी प्यानल घोषणा गरिएको हो।

गाहको प्यानलमा कृष्ण प्रसाद पाण्डे, रमेश प्रसाद अधिकारी, महेश कुमार कोईराला, मोति कुमार उपाध्याय(पौडेल), कुश्माखर रेग्मी, प्रेम गौचन, मञ्जु कुमारी गाह, ऋषिराम पाठक, नारायण अधिकारी र राजेश लामा रहेका छन।

घोषणा सभामा बोल्दै गाहले संघको गरिमा कायम राख्दै ब्यबसायीक हक अधिकारको लागि आफू नेतृत्वको प्यानललाई बिजयी बनाउन आग्रह गरे।

विशुद्ध व्यवसायीको हक हितका लागि व्यवसायीको नीति र व्यवसायीकै नेतृत्व भन्ने उ‌द्घोषका साथ सक्षम र लामो अनुभवले खारिएका ब्यक्तिहरु समावेशी प्यानलमा अटाएको बताउदै सबै राजनीतिक दलको प्रतिनिधित्व र महिलाको समेत सहभागी रहेकोले आफ्नो सिङ्गो टिमलाई मतदान गर्न आग्रह गरे।

कार्यक्रममा प्रमुख अतिथि खनालले यो प्यानल समावेशी रहेको बताउदै जिताउन प्रतिबद्धता ब्यक्त गर्न आग्रह गरे।

कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, प्रदेश सदस्य राम बहादुर कार्की, नेकपा एसका नेता चीन बहादुर गुरुङ, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, काङ्ग्रेस रुपन्देही क्षेत्र नम्बर २ सभापति प्रजापल गिरि, ब्यवसायी फर्शुराम ढकाल, मुक्तिराम खरेल, ज्योती भण्डारी लगायतले बोलेका थिए।

२ दिन सम्म चल्ने अधिबेशनमा कम्पनीमा आबद्ध २ हजार २ सदस्यले मतदान गर्नेछन् ।

Happy
Happy
33 %
Sad
Sad
33 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %