चर्चामा

इक्यान रुपन्देहीद्वारा युके अध्ययनका लागि शैक्षिक परामर्श सम्बन्धी तालिम सम्पन्न

इक्यान रुपन्देहीद्वारा युके अध्ययनका लागि शैक्षिक परामर्श सम्बन्धी तालिम सम्पन्न
0 0
Read Time:2 Minute, 56 Second

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले आफ्नो सस्थामा आवद्ध रहेका ३६ वटा शैक्षिक परामर्श व्यवसायीलाइ बुधवार बुटवलमा १ दिने अभिमुखिकरण तालिम दिएको छ ।

Advertisement

सञ्चालक तथा शैक्षिक परामर्शदातालाई युके अध्ययन गर्न पठाउने विद्यार्थीहरुको भाषा परिक्षा ,डकुमेन्टेसन र प्रोसेसिङ प्रक्रिया लगायतमा क्षमता अभिबुद्धि गराउने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको इक्यान रुपन्देही सदस्य एवम् कार्यक्रम संयोजक अर्जुन पौडेलले बताउनुभयो ।

अभिमुखिकरणमा इक्यान केन्द्रका सहकोषाध्यक्ष तथा तालिम संयोजक बिकल्पराज पोख्रेल, युके विभाग प्रमुख साधना बुडासैनी, बि.पि.पि. युनिर्भसिटीका प्रतिनिधी डा. दिपक खड्का लगायतले प्रशिक्षण दिनुभएको थियो ।

समापन कार्यक्रममा इक्यान केन्द्रका सहकोषाध्यक्ष तथा तालिम संयोजक बिकल्पराज पोख्रेलले केन्द्रले विभिन्न शाखाका शैक्षिक परामर्श व्यवसायीलाई दक्ष बनाउने उदेश्यले धेरै तालिमको व्यवस्था मिलाएको बताउनुभयो । उहाँले तालिमको सहि सदुपयोग गर्न आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा इक्यान केन्द्रकी युके विभाग प्रमुख साधना बुडासैनी, युके विभाग सदस्य उद्दव बन, अन युडि इभेन्ट्स म्यानेजम्यान्टका प्रमुख रवि झा, बि.पि.पि. युनिर्भसिटीका प्रतिनिधी डा. दिपक खड्का, लगायतले उच्च शिक्षा हासिलको लागि युके अध्ययन गर्न जाने विद्यार्थीलाई काउन्सिल गर्दा कसरी सहि तरिकाले सिकाउने भन्ने बारेमा आफुपहिला दक्ष हुनुपर्ने बताउनुभयो । सहि किसिमको परामर्शले गर्दा विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा सहजिकरण हुने हुनाले विभिन्न तालिमहरु गर्दा सहि परामर्श दिन सक्ने पुर्ण योग्य हुने कुरामा प्राथमित्ता दिनुभयो ।

इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष राजेश पाण्डेको स्वागत र सचिव गोविन्द बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %