लुम्बिनी प्रदेशमा दादुरा रुबेला खोप अभियान ः लक्षित भन्दा १ लाख धेरै बालबालिकालाई लगाईयो खोप
नेपाल सरकारले सञ्चालन गरेको राष्ट्रिय अभियान “ दादुरा रुबेला खोप अभियान २०८०÷०८१“ मा लुम्बिनी प्रदेशमा अपेक्षा भन्दा धेरै बालबालिकाहरुले खोप लगाएका छन।
प्रदेशका १२ जिल्लाका ११ लाख ७० हजार बालबालिकालाई खोप लगाउने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानमा अपेक्षा भन्दा झण्डै १ लाख धेरैले खोप लगाएको स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सुचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । उनले १२ लाख ७८ हजार ७ सय १७ जनालाई खोप लगाईएको जानकारी दिए।
५ वर्ष सम्मका ८३ हजार ९सय २१ जना बालबालिकाहरुलाई खोप लगाउने अभियान रहेकोमा ८६ हजार ६ सय ८९ जनालाइ खोप लगाईएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । जुन १०३.३० प्रतिशत हो ।
यस्तै १५ वर्ष सम्मका १० लाख ८६ हजार ५सय ६५ जनालाइ खोप लगाउने लक्ष्य राखिएकोमा ११ लाख ९२ हजार २८ जनालाइ खोप लगाईएको छ । जुन १०९.७ प्रतिशत हो ।
उनले सबैभन्दा धेरै रुपन्देहीमा खोप लगाइएको बताए । पाण्डेले १२१.९ प्रतिशत बालबालिकालाई खोप लगाईएको जानकारी दिए । उनका अनुसार गुल्मी, रोल्पा र बर्दिया जिल्लाबाहेक अन्य सबै जिल्लामा सतप्रतिशत भन्दा धेरैलाई खोप लगाईएको र यी तीन जिल्लामा भने क्रमशः ९६.५८, ९९.२३ र ९९.३४ प्रतिशतले खोप लगाएको जानकारी दिए।
लुम्बिनीका ६ जिल्ला मध्ये ६ जिल्लामा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिका तथा ६ जिल्लामा ९ महिना देखि १५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई खोप लगाईएको थियो।
अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, प्युठान र रुकुम पूर्वमा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई खोप अभियान सञ्चालन गरिएको थियो भने नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाके,बर्दिया र कपिलवस्तुमा ९ महिना देखि १५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई खोप लगाईएको थियो।
सबैभन्दा धेरै रुपन्देहीमा लगाईयो खोप
रुपन्देहीमा २ लाख ८५ हजार २ सय १७ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ३ लाख ४७ हजार ६सय ७२ जनालाई खोप लगाईएको छ । जुन १२१.९० प्रतिशत हो।
तिब्र बसाइँसराई तथा अन्य कारणले पनि बुटवल बस्ने बालबालिकाको संख्या बढी रहेकोले रुपन्देहीमा धेरैलाई खोप लगाईएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका फोकल पर्सन भेषराज शर्माले जानकारी दिए।
उनले भने,’रुपन्देही बसाइ सरि आउने गन्तव्य बनेको छ। साथै यहाँ अन्य कारणले आउने बस्ने ब्यक्तिहरुको संख्या उत्तिकै छ । त्यसैले यहाँ लक्ष्य भन्दा धेरैलाई खोप लगाईयो। “
उनले रुपन्देहीमा लक्ष्य भन्दा ६२ हजार ४ सय ५५ जना बालबालिकाहरुलाई खोप लगाईएको जानकारी दिए।
यस्तो छ जिल्लागत अवस्था
९ महिना देखि ५ वर्ष सम्म अभियान सञ्चालन भएको अर्घाखाँचीमा ११ हजार १६३ बालबालिकालाई खोप लगाउने अभियानमा १२ हजार ७४३ जनालाई खोप लगाईएको छ। जुन ११४.१५ प्रतिशत हो।
यस्तै पाल्पामा १३ हजार ९३५ जनालाई लगाउने योजना रहेकोमा १४ हजार ५८३ जनालाई लगाईएको हो। जुन १०४.६५ प्रतिशत हो।
यस्तै गुल्मीमा भने १७ हजार ५४० जनालाई खोप लगाउने लक्ष्य भएपनी १६ हजार ९४० जनालाई मात्रै खोप लगाईएको छ। जुन ९६.५८ प्रतिशत हो।
यता रोल्पामा १९ हजार १२३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा १८ हजार ९८४ जनालाई मात्रै खोप लगाईएको हो। जुन ९९.२३ प्रतिशत हो।
यस्तै प्युठानमा १७ हजार ६८ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा १८ हजार ९९ जनालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ। जुन १०६.०४ प्रतिशत हो।
रुकुम पूर्वमा पनि ५ हजार ८३ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ५ हजार ३ सय ४० जनालाइ खोप लगाईएको छ। जुन १०५.०६ प्रतिशत हो।
यस्तै ९ महिना देखि १५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई खोप लगाईएको जिल्ला नवलपरासी पश्चिममा १ लाख ५ हजार ४७५ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा १ लाख ८ हजार ११० जनालाइ खोप लगाईएको छ । जुन १०२.५ प्रतिशत हो।
यस्तै दाङमा २ लाख ६ हजार ५९१ जनालाइ खोप लगाउने लक्ष्य रहेकोमा २ लाख १४ हजार ६५८ जना बालबालिकालाई खोप लगाईएको हो। जुन १०३.९० प्रतिशत हो।
यस्तै बाकेमा १ लाख ६५ हजार ५६८ जनालाइ खोप लगाउने लक्ष्य भएकोमा १ लाख ८९ हजार ३८ जनालाई खोप लगाईएको छ। जुन ११४.१८ प्रतिशत हो।
बर्दियामा १ लाख १७ हजार ५५९ जनालाइ खोप लगाउने लक्ष्य राखिएकोमा १ लाख १६ हजार ७८४ जनालाइ खोप लगाईयो। जुन ९९.३४ प्रतिशत हो।
यस्तै कपिलवस्तुमा २ लाख ६ हजार १५५ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा २ लाक्ब १५ हजार ७६६ जनालाई खोप लगाईएको हो। जुन १०४.६६ प्रतिशत हो।
९ हजार ९ सय २७ स्वास्थ्यकर्मी परिचालन
१०९ स्थानिय तह रहेको लुम्बिनी प्रदेशमा ९ हजार ९ सय २७ जना भ्याक्सिनेटर स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसमा १५ हजार ५ सय ७० जना स्वयंसेवक परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
५ हजार ६ सय ४३ केन्द्रबाट सेवा
अभियान अन्तरगत ५ हजार ६ सय ४३ खोप केन्द्रबाट अभियान अन्तरगत सेवा प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
साथै १ हजार २ सय ११ स्वास्थ्य सस्था तथा ९८३ वटा वार्डबाट आवश्यकता अनुसारका सेवा दिइएको मन्त्रालयले जनाएको छ।
लेखकको सम्वन्धमा