देउराली उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा न्यौपाने
बुटवल । देउराली उपभोक्ता सहकारी संस्था बुटवलको अधिवेशनले पुन ज्ञानप्रसाद न्यौपानेको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ ।
बुटवलमा बिहीबार भएको अधिवेशनबाट उपाध्यक्षमा सालिकराम श्रेष्ठ ,सचिव पिताम्बर अर्याल कोषाध्यक्षमा मोहन प्रसाद बस्याल ,सह सचिवमा ज्ञानप्रसाद न्यौपाने (ख) निर्वाचित भएका छन्।
निर्वाचन समिति संयोजक गोपाल प्रधानका अनुसार कार्यसमिति सदस्यमा यम कुमारी बुढा खनाल , चिरञ्जीवी भुसाल, कमल प्रसाद आचार्य, यमलाल बेल्लासे,हुमनाथ पोखरेल,राधा आर्चाय भुसाल रहेका छन्।
यस्तै लेखा समितिको संयोजकमा थानेस्वर अर्याल र सदस्यमा शङ्कर पाण्डे र लक्ष्मी पाण्डे रहेका छन्।
खुद्रा किराना व्यवसायी सङ्घ संरक्षण रहेको यो सहकारी लुम्बिनी प्रदेशमा व्यावसायिक रूपमा काम गर्न मिल्ने गरी दर्ता भएको छ। संस्थाको पुँजी १ करोड भन्दा धेरै रहेको छ । अधिकांश खुद्रा किराना व्यवसायी सेयर सदस्य रहेका छन् ।
लेखकको सम्वन्धमा