चर्चामा

चुनाव हारिएला तर अब कसैसँग टाँसिएर चुनाव लड्दैनौँ : गगन थापा

चुनाव हारिएला तर अब कसैसँग टाँसिएर चुनाव लड्दैनौँ : गगन थापा
0 0
Read Time:2 Minute, 22 Second

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसँग चुनावी सहकार्य नगर्ने बताएका छन् । नेपाली कांग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उनले चुनाव हारिएलाकी भनेर चुनाव अगाडि नै कुनै पनि दलसँग चुनावी एकता गर्ने बताए ।

Advertisement

समुदायमा कांग्रेस अभियानअन्तर्गत बिहीबार रुपन्देहीको क्षेत्र नं १ रोहिणी गाउँपालिकाको धकधईमा भएको संवाद यात्रालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘हामीबाट विगतमा केही गल्ती पनि भएका छन्, त्यसलाई सुधार गर्ने हो, गल्ती भयो भनेर माफी माग्ने हो, पार्टीलाई सुधार गर्न सकिन्छ, चुनाव हारिएला तर अब कसैसँग टाँसिएर चुनाव लड्दैनौँ ।’

उनले विगतमा कसैसँग मिलेर चुनाव नलडेको भए अहिले देशमा कांग्रेस र कम्युनिस्ट पार्टी मात्रै बाँकी रहने र साना दलको पसल बन्द भइसक्ने बताउँदै त्यसो हुँदा मुलुक पनि सकारात्मक दिशामा अगाडि बढ्ने बताए । उनले अब काँग्रेसले त्यो गल्ती नदोहोर्‍याउने बताए ।

उनले माओवादीतिर लक्षित गर्दै कहिले कांग्रेसलाई देखाएर र कहिले एमालेलाई देखाएर साना दलले बार्गेनिङ गरिरहेको बताउँदै त्यो खेल अब समाप्त भएको बताए ।

कांग्रेस महामन्त्री थापाको हुलाकी मार्ग केन्द्रीत संवाद यात्राको दोस्रो चरणको कार्यक्रम बिहीबार नवलपरासीबाट सुरु भएको हो । नवलपरासीबाट दिउँसो रुपन्देही आएका थापाले धकधईमा स्थानीयसँग सुझाव संकलन गरे भने भैरहवामा सिद्धार्थनगर उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसंग उनीहरूका समस्या लगायतका विषयमा सुझाव लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %