गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे बैठक सम्पन्न, शालिग्राम महोत्सव तथा स्मारिका प्रकाशनमा छलफल

गुल्मेली  सम्पर्क समाज रुपन्देहीकाे बैठक सम्पन्न, शालिग्राम महोत्सव तथा स्मारिका प्रकाशनमा छलफल
0 0
Read Time:4 Minute, 22 Second

बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीकाे बैठक सम्पन्न भएको छ।

Advertisement

गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा. नारायणप्रसाद पन्थकाे अध्यक्षतामा बसेकाे बैठकमा समाजले प्रकाशन गर्न लागेको स्मारिकाकाे कार्य प्रगतिविवरणकाे बारेमा छलफल केन्द्रीत रहेको थियोे ।
बैठकमा स्मारिका प्रकाशन व्यवस्थापकीय प्रगतिविवरणकाे बारेमा समितिका संयोजक लोकनाथ उपाध्यायले जानकारी दिनुभएको थियोे ।

सम्पादन समिति संयोजक पुरुषोत्तम पाण्डेले अहिलेसम्म प्राप्त लेखरचनाका बारेमा जानकारी दिनुभएको थियोे ।आर्थिक उपसमितिका संयोजक हेम थापाले अहिलेसम्म भएको आर्थिक प्रगतिविवरण प्रस्तुत गर्नुभएको थियोे ।

समाजका आजीवन सदस्य रचना पन्त भट्टराईद्वारा रुरु शालिग्राम महोत्सवका बारेमा अवधारणा पत्र प्रस्तुत गर्ने क्रममा शालिग्राम महोत्सव वर्ष -२०८१ अभियानका लागि हिन्दू धर्मावलम्वी र हिन्दू धर्ममा विश्वास गर्ने समुदायको आस्थाका केन्द्र श्रीहरिभगवान् विष्णुका प्रतिनिधिका रूपमा जिवित अवस्थिति जनाउने शालिग्राम र यस्तो विशेष प्रकृतिको पत्थर पाइने संसारकै एकमात्र नदी कालिगण्डकीको संरक्षण, सम्वर्धन र यसको प्रचारप्रसार मात्रैले पनि धर्म, संस्कृतिको जगेर्ना र पर्यटनमा समेत योगदान पुग्ने हुनाले सबैले आ- आफ्नो ठाँउबाट हातेमालो गर्दै यस अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।

बैठकले अन्यायमाथि न्यायको, दुराचारमाथि सदाचारको र असत्यमाथि सत्यको विजय स्वरूप मनाइने हिन्दूहरूको रङ्गहरूको उल्लासमय पर्व होली (फागुपूर्णिमा) का पावन अवसरमा सादगिपन र सात्विक जीवनमा आनन्दित रहनेहरू , रङ्गीन जीवन रुचाउनेहरू र बेलाबेलामा रङ्ग बदल्नेहरू सबैमा महान पर्व होलिपूर्णिमाले आफुभित्रको होलिका प्रवृत्तिको दहन गरी सतमार्गमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित होलिको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरेको थियो।

बैठकले समाजका सचिवालय सदस्य राजेन्द्र कुँवर केही दिनदेखि अस्वस्थ रहेकोमा पूर्ण स्वास्थ्य लाभको कामना गर्दै ,समाजका महासचिव कृष्णप्रसाद पोखरेलका पूजनीय पिता एवम् शुभचिन्तकहरू डिलाराम पोखरेल, टेकराज पोखरेल र यमलाल पोखरेलका दाजु खुमलाल पोखरेलको ८५ वर्षको उमेरमा भएको अकल्पनीय निधन भएकाेमा दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त पोखरेल परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामनासहित समवेदना प्रकट गरिएको थियोे ।

स्मारिका प्रकाशनका निम्ति पहिलो विज्ञापनदाता सचिवालय सदस्य होटल सिटी सेन्टर भैरहवाका सञ्चालक भोजेन्द्र खत्री (भोजु) लाई विशेष धन्यवाद दिइएको थियोे ।

बैठकमा सल्लाहकारहरू लोकनाथ उपाध्याय, प्रा.डा. बुद्धबहादुर थापा,ऋषि भण्डारी ,ओमीकला पुन,झविन्द कडेल (जेपी ),पशुपति घिमिरे लगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रमकाेे सञ्चालन सचिव पुरूषाेतम पाण्डेले गर्नुभएको थियोे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %