नवीन माविले शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान गरेको छ : पूर्व मुख्यमन्त्री गिरि

नवीन माविले शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान गरेको छ : पूर्व मुख्यमन्त्री गिरि
0 0
Read Time:3 Minute, 2 Second

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरिले मुलुकमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सामुदायिक विद्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

Advertisement

नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय बुटवल ११ रुपन्देहीका कक्षा ११ का व्यवस्थापन समूहका विद्यार्थीहरूद्वारा आयोजित कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गिरिले नवीन माविले शिक्षामा आफ्नो दक्षता हासिल गरेको बताएका हुन।

लुम्बिनी प्रदेश सभा सदस्य गिरीले विद्यालयले विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन होटल व्यवस्थापन, कानुन र शिक्षा समूह सञ्चालन गरी राष्ट्रकै अब्बल अग्रणी संस्थाको रूपमा साबित भएकोले गौरवको विकास भएको बताए।

राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले विद्यालयले विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकास लगायत समग्र विकासमा ध्यान दिएर राष्ट्रमै पहिचान बनाएकोमा खुसी व्यक्त गरे।

बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख उपनिर्देशक टिकाराम पन्थीले विद्यालयले यस क्षेत्रमा गुणस्तरीय एवं श्रम बजार योग्य जनशक्ति निर्माणमा केन्द्रित भएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद खरेल, सदस्य कमला ज्ञवाली, प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सहायक प्र अ अर्जुन खनाल, व्यवस्थापन समूह इन्चार्ज जयराम पन्थी लगायतले बोलेका थिए।

कक्षा ११ व्यवस्थापन समूहका विद्यार्थी प्रशान्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी अनिष कँडेलको स्वागत तथा विद्यार्थीहरू भगवती कुवर, विनोद सुनार, विमल पोखरेल र सिर्जना भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रममा डान्स आइडल आकृति परियार र अन्य विद्यार्थीहरूले रोचक नृत्य प्रस्तुत गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %