नवीन माबीलाई ५ बिघा जग्गा बुटवल उपमहानगरपालिकाले व्यवस्था गर्ने नगरप्रमुख पाण्डेयको प्रतिबद्धता
बुटवल । नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा विज्ञान, कानुन र शिक्षा समूह कक्षा ११ ले कक्षा १२ लाई विदाई तथा शुभकामना कार्यक्रम शनिबार भव्य रुपमा सम्पन्न गरेको छ ।
उक्त अवसरमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विदाइ भएर जाने विद्यार्थीहरुमा उपनत्व र साथित्वको भाव कायम राख्न सुझाव दिँदै विद्यालयले अथक प्रयासबाट जुन गति लिएर राष्ट्रमै पहिचान कायम गर्न सफल भएकोमा विद्यालय परिवारको तपस्यालाई उच्च सम्मान गर्दै नवीन जुन तहमा स्थापित भएको छ इतिहासको कालखण्डमा महत्व राख्ने धारणा व्यक्त गर्दै विद्यालयको लागि जग्गाको अभाव भएकोले ५ बिघा जग्गा बुटवल उपमहानगरपालिकाले व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्यालले विद्यार्थीहरू पढाइमा अब्बल हुने किसिमले मेहनत गर्न आग्रह गर्दै भावी दिनमा लोकसेवा आयोग, सार्वजनिक क्षेत्रमा अग्रता पाउने किसिमले विद्यालयका अग्रज अब्बल विद्यार्थीहरुसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।
उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, कानुन समूह इन्चार्ज अधिवक्ता लोकप्रसाद खरेल, विज्ञान समूह इन्चार्ज लक्ष्मीनारायण चौधरी, जीव विज्ञान विषय संयोजक रोशन तिवारी, शिक्षा समूहकी छात्रा जुनु थापा, विज्ञान समूह छात्रा सुमिना अर्याल,कानुन समूह कक्षा १२ का विद्यार्थी तथा नविन विद्यार्थी क्लबका अध्यक्ष अमिसन थापा, आयुषा नेपाली, कान्ति परियार, विज्ञान समूह कक्षा १२ का विद्यार्थी धन्यवाद चौधरी र अंकिता पराजुली, शिक्षा समूह कक्षा १२ कि विद्यार्थी सरिता परियारले धारणा राख्नु भएको थियो।
कक्षा ११ कानुन समूहका विद्यार्थी रोशन परियारको अध्यक्षतामा विज्ञान समूहका विद्यार्थीहरू समीक्षा जि.सी., गंगा पाण्डे र आस्था पाण्डेले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा कानुन समूहका विद्यार्थीहरुले समय सान्दर्भिक नाटक प्रस्तुत गरेका थिए भने विज्ञान, कानुन र शिक्षा समूहका विद्यार्थीहरूले रोचक नृत्य प्रस्तुत गरेका थिए ।
लेखकको सम्वन्धमा