मेटल फेव्रीकेशन एसोसिएसनको अध्यक्षमा सन्त बहादुर कवंर
बुटवल । मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय भवन उद्घाटन एवम प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष सन्त बहादुर कवंरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण रहनुभएको थियो । प्रमुख अतिथि खाणले रुपन्देही मेटल फेब्रीकेशन एसोसियसनले रुपन्देही कार्यक्षेत्र बनाएर पनि तिलोत्तमामै कार्यालय स्थापना एवम संस्था दर्ता गरेको प्रती खुशी व्यक्त गर्नुभएको थियो । उहाँले एसोसियसनलाई नगरपालिकाले सधै साथ र सहयोग गर्ने बताउँदै व्यवसायिक हत हितका निम्ति संस्थाले चालेको कदम उत्कृष्ट रहेको बताउनुभएको थियो ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु विभिन्न सामाजिक संस्थाका प्रतिनिधीहरु प्रहरी प्रशासन पत्रकार , कानुनी सल्लाहकार एवम व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य शंकर केसीले राख्नुभएको थियो त्यस्तै संस्थाको बारेमा ठाकुर पन्थीले जानकारी गराउनु भएको थियो भने सञ्चालन सचीव विश्वनाथ पाण्डेले गर्नुभएको थियो ।
संस्थाको अधिबेशन बाट अध्यक्षमा सन्त बहादुर कंवर उपाध्यक्षमा मेघ बहादुर घिमिरे कोषाध्यक्षमा किसन बहादुर केसी सचिबमा विश्वनाथ पाण्डे सह-सचिबमा अमृता गौतम सदस्यहरुमा जगदिश चौधरी थारु कृष्ण प्रसाद ढकाल , सुरेश केसी , राधा पौडेल त्यस्तै लेखा समिती संयोजकमा यादव पाण्डे (क्षितिज) सदस्यहरुमा लक्ष्मण तिमिल्सिना र सुवास भट्टराई निर्वाचित हुनुभएको छ ।
लेखकको सम्वन्धमा