“अटिजमको शिक्षाले पिडित बालबालिकालाई सहि ब्यवस्थापन गर्न सकिन्छ”
बुटवल । पछिल्लो समय बालबालिकाहरुमा देखिएको अटिजम बाट ग्रस्त बालबालिकाहरुलाइ सहि ब्यवस्थापन गर्न अभिभावकलाई अटिजम सम्बन्धि शिक्षा प्रदान गर्नुपर्ने सरोकारवालाले बताएका छन।
विश्व अटिजम दिवसको अवसरमा अटिजमको बारेमा बुटवलमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकाहरुको बौद्धिक क्षमता सामान्य भन्दा फरक भएकोले उनिहरुको पालनपोषणमा सहि शिक्षा अभिभावकलाई प्रदान गर्नुपर्नेमा जोड दिएका हुन।
ईनरव्हिल क्लव अफ बुटवलको आयोजनमा मंगलबार बुटवलको दीप बोर्डिङमा एक कार्यक्रमको आयोजना गर्दै अटिजमको बारेमा अभिमुखिकरण गरिएको हो।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै छिटो जन्मिने बच्चा,उच्च उमेर समुहमा बच्चा जन्माउनु, बंशाणुगत गुण, गर्भास्थामा जन्क फुड प्रयोग गर्ने धेरै औषधिको प्रयोग तथा लागुऔषधको प्रयोग हुनु लगायतका कारणले अटिजम हुने गरेको अटिजम केयर सोसाइटी लुम्बिनीका स्पेसल एजुकेटर मलिका घिमिरेले बताईन ।
उनले बालबालिकाको गतिविधिलाई प्रत्यक्ष निगरानी गर्ने, फरक खालका गतिविधि गरेमा मनोबैज्ञानिक चिकित्सक समक्ष लैजानुपर्ने बताईन।
अटिजम केयर सोसाइटी लुम्बिनीका ट्रेनर अनिसा बस्यालले नर्मल लाईफ बिताउन सक्ने गरि सञ्चालन भएका सस्थामा लैजाने, विभिन्न थेरापी तथा प्राक्टिसको बारेमा सिक्नुपर्ने बताईन। उनले छोरी भन्दा छोरामा अटिजम बढी हुने गरेको बताईन।
कार्यक्रममा अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष डा. सतिष रुपाखेतिले सोसाइटीले अटिजम भएका बालबालिकाहरुका अभिभावकलाई शिक्षा प्रदान गर्दै आएको बताउदै यसले अटिजमका बिरामी पत्ता लाग्ने अवस्था सिर्जना भएको बताए।
उनले आफ्नो बालबालिका अन्य सरह खेल्ने, बोल्ने र गतिविधि गर्छ वा गर्दैन त्यसमा ध्यान दिएमा अटिजम छिटो पहिचान तथा उपचार हुने र यसले बच्चाको जिविकोपार्जनमा सहज हुने बताए। उनले अटिजमको बारेमा सिपयुक्त शिक्षक राखेर अध्यापनको बाताबरण बनाउनुपर्ने बताए।
देबदह मेडिकल कलेजका अनुसन्धानकर्ता डा. शान्ता शर्माले अटिजम भएका बालबालिकालाई व्यवहार र शैक्षिक स्तर गुणस्तर वृद्धि गर्नको लागि बुटवलमा विद्यालय सञ्चालन गर्न लागेको बताईन। उनले अभिभावकलाइ शिक्षा प्रदान गर्दै बालबालिकाको मनोबिज्ञान हेरेर अभिमुखिकरण तथा उपचार गर्दै जाने बताईन।
क्लवका पूर्व अध्यक्ष मिरा ओझाले अभिमुखिकरणले अटिजम भएका बालबालिकाहरुका अभिभावकहरुले यो सम्बन्धि शिक्षा प्राप्त गर्नु आवश्यक रहेको महसुस भएको बताईन।
कार्यक्रममा बोल्दै एभरेस्ट स्कुलका शिक्षक सारदा अर्यालले विद्यार्थीहरुमा हुने समस्यालाई ब्यवस्थापनको शिक्षा अभिमुखिकरणले निकै फाईदा पुगेको बताईन।
बालबालिकाहरुमा पछिल्लो समय निकै समस्या बनेको अटिजमका लक्षण तथा त्यसका असरको बारेमा अभिमुखिकरण आवश्यक महसुस गरेर अभिमुखिकरण गरिएको क्लबका वर्ष २३-२४ का अध्यक्ष सानू श्रेष्ठले जानकारी दिइन।
महिला जनप्रतिनिधि, विभिन्न विद्यालयहरुमा महिला शिक्षक, तथा अभिभावक महिलाहरुलाइ सहभागी बनाईएको सचिव सोनाली गुरुङले जानकारी दिइन।
लेखकको सम्वन्धमा