त्रिभुवन विश्वविद्यालय सङ्काय डीनको कार्यालयद्वारा बुटवल बहुमुखी क्याम्पसकाे अनुगमन
बुटवल । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयले बुटवल बहुमुखी क्याम्पसमा सञ्चालित स्नातकोत्तर कार्यक्रमको अनुगमन गरेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायका सहायक डीन डा. विष्णु खनाल लगायतको टिमले बुटवल बहुमुखी क्याम्पसमा एम.एड.तहका सेमेस्टर प्रणालीमा आधारित निर्देशिकाअनुसार शोधप्रस्ताव तथा शोधपत्र लेखन भएनभएको, शोधप्रस्ताव तथा शोधपत्रको मूल्याङ्क तथा अभिलेखिकरण डीनकार्यालयको निर्देशिकाअनुसार सम्पन्न भएनभएको ,मध्यसत्र परीक्षा (Mid-Term Exam) मा विद्यार्थी हाजिरी,नियमित कक्षामा विद्यार्थीको उपस्थिति , हरेक सेमेस्टरका सबै परीक्षाका अङ्कहरू व्यवस्थित रूपमा अभिलेखिकरण भएनभएको, हरेक विभागीय बैठक माइन्युटअनुसार आन्तरिक मूल्याङ्कन अभिलेखिकरण भएनभएको लगायतका विभिन्न विषयमा केन्द्रीय भइ अनुगमन भएको थियो ।
विभागले भर्खरै सम्पन्न गरेको १०० पूर्णाङ्कको शोधप्रस्तावको वाकपरीक्षा (Viva) डीनको कार्यालयको मापदण्डअनुसार गरे नगरेका बारेमा समेत सम्पूर्ण अभिलेख रुजु गर्ने कार्य समेत केकस्ताे छ भनी अनुगमन गरिएको छ।
अनुगमनमा सहायक डीन डा.विष्णु खनालका साथमा डीनको कार्यालयका परशुराम भट्टराईसमेत रहनु भएको थियो ।
अनुगमनका क्रममा क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपाने, स्नातकोत्तर कार्यक्रम संयोजक डा.अरुणकुमार क्षेत्री, सहायक क्याम्पस प्रमुखद्वय डा. दुर्गा भुसाल तथा डा.टीकाराम पौडेल समेतकाे उपस्थिति रहेको थियोे ।
विभागका तर्फबाट नेपाली शिक्षा स्नातकोत्तर कार्यक्रमका विभागीय प्रमुख डा.नारायणप्रसाद पन्थ, विभागीय सदस्य डा. शालिकराम पौड्याल , ईश्वरी पोखरेल तथा प्रशासनबाट फर्शुराम घिमिरेलगायतको उपस्थिति रहेको रहेको थियो ।अनुगमनका क्रममा बाेल्दै सहायक डीन डा.विष्णु खनालले बुटवल बहुमुखी क्याम्पसले एम.एड.तहका सेमेस्टर प्रणालीमा आधारित निर्देशिकाअनुसार शोधप्रस्ताव तथा शोधपत्र लेखन कार्यलाई अप्टुडेट गराएको , शोधप्रस्ताव तथा शोधपत्रको मूल्याङ्क तथा अभिलेखिकरण डीनकार्यालयको निर्देशिकाअनुसार सम्पन्न गरेको हुँदा क्याम्पस प्रशासन तथा विभागीय प्रमुखलाई धन्यवाद दिदै क्याम्पसले गर्ने सम्पूर्ण कार्यलाई सिर्जनात्मक बनाउँदै डीनको कार्यालयको मापदण्डअनुसार सम्पन्न गर्न आग्रह गर्नुभयो ।
अनुगमन कार्यक्रममा क्याम्पसका विविध विषयमा समेत छलफल भएको नेपाली शिक्षा स्नातकोत्तर कार्यक्रमका विभागीय प्रमुख डा.नारायणप्रसाद पन्थले जानकारी दिनुभयाे ।
लेखकको सम्वन्धमा