नयाँ बर्षमा होटल एशियन कालिकानगरमा बिशेष सांगितिक कार्यक्रम
Read Time:1 Minute, 15 Second
बुटवल । बुटवलको कालिका नगरमा रहेको एशियान होटल बुटवलले नया बर्षको अवसरमा बिशेष सांगितीक कार्यक्रम आयोजना गर्ने भएको छ।
होटलले जनबादी गायक जिवन शर्मा, लोक तथा दोहोरी गायक खुमन अधिकारी, गायक दिपु मगर, गायिकाहरु शिता राना, शिलु भटराई डान्सर सोनु सुनार र हास्य कलाकार बिष्णु जी पाण्डे सहितका कलाकारहरुको प्रस्तुती रहने जनाएको छ।
होटलले २०८० सालको अन्तिम दिन चैत ३० गते चालु बर्षको बिदाई सहित नया बर्षको स्वागतका लागि बिशेष सांगितीक कार्यक्रम आयोजना गरिएको आयोजक एशियन होटल बुटवलका अध्यक्ष सोभाकर बन्जाडेले बताए।
अंग्रेजी नयां बर्षमा सांगितिक कार्यक्रममा रमाउने बिश्वभरी चलन छ, नेपालमा पनि यो चलन बढदो अवस्थाम छ तर नेपाली नया बर्षलाई पनि हर्सोल्लाषका साथ स्वागत गरौं भन्ने उदेश्यले कार्यक्रम आयोजना गरेका हौं बन्जाडेले भने।
लेखकको सम्वन्धमा