बुटवललाई दुधमा आत्मनिर्भर बनाउन पाडी बितरण देखि मिल्क चिलिङ भ्याट सम्ममा अनुदान
बुटवल । रुपन्देहीको एकमात्रै उपमहानगर बुटवलमा जनसंख्याको चाप दैनिक रुपमा बढिरहेको छ। जनसंख्या बढ्दै जादा यहाँको आवश्यकता पनि बढ्दै जान्छन् ।
अहिले स्थानीय सरकारहरुले आ- आफ्नो क्षेत्रमा आत्मनिर्भर बन्नको लागि विभिन्न योजनाहरु ल्याएर काम गरिरहेका छन।यसैविच बुटवल उपमहानगरपालिकाले दुधमा आत्मनिर्भर बन्नको लागि विभिन्न योजना बनाईरहेको छ।
अन्य पालिकामा गाई भैंसी पाल्नेको संख्या बढी हुने भएपनी बुटवलमा कम हुनेहुदा यहाँ दुधमा आत्मनिर्भर बनाउन चुनौती नै भएपनी निकै उत्साहका साथ जनप्रतिनिधि एवं कर्मचारीहरु लागिरहेका छन।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले गाई भैसिको आहार,उपचार तथा दूध बजारीकरणका लागि विभिन्न काम भईरहेको बताउछन् । लुम्बिनी प्रेस डटकमसंग कुराकानी गर्दै नगरप्रमुख पाण्डेयले दुग्ध जन्य सामाग्री बढाउन पोसिलो घाँस, अन्य सामाग्री, पाडी बितरण तथा गरिरहेको बताए।
उनले भने,’ बुटवलमा दुधको माग बढी छ। यहाँ भएको उत्पादन घरायसी प्रायोजनमा मात्रै प्रयोग हुन्छ। त्यसैले दूधको उत्पादन बढाउन र किसानलाइ यश पेसामा टिकाईराख्न विभिन्न अनुदानका कामहरू गरिरहेका छौ।’
मिल्क चिलिङ भ्याटमा अनुदान
बुटवलमा दुध र दुग्ध जन्य पदार्थम आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिइएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १४ म रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी सस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो।
वार्षिक ४ लाख ७ हजार २४ लिटर दूध संकल्न गरि ३ करोड १२ लाख ५८ हजार बढीको दूध तथा दुग्ध जन्य पदार्थ बिक्री गरि आम्दानी गदै आएको सहकारीले मेसिन माग गरेको र उपमहानगरपालिका बाट सहयोग प्राप्त भएको सहकारीका अध्यक्ष शान्तीदेबी न्यौपानेले बताईन।
२ सय २२ जना सदस्य रहेको सहकारीबाट दैनिक ११ सय देखि १७ सय लिटर सम्म दूध संकलन हुने गरेको उनले जानकारी दिइन।
मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रीजेरेशन युनिट, कन्ट्रोलप्यानल सहितको मेसिन खरिद भई आएको र यहि चैत्र २५ गते एक कार्यक्रमका बिचमा उपमहानगरले सहकारीलाई हस्तान्तरण गर्ने बुटवल उपमहानगरपालिका पशुपंक्षि बिकास महाशाखाका उप निर्देशक पशु चिकित्सक झबिन्द बञ्जाडेले जानकारी दिए।
४ लाख ९९ हजार ४६० रुपैयाँ लागतको मेसिनको आधा अर्थात २ लाख ४९ हजार ७३० रुपैयाँ उपमहानगर र बाकी २ लाख ४९ हजार ७३० रुपैयाँ सहकारीले बेहोर्ने गरि सहमति भएको उपनिर्देशक बञ्जाडेले जानकारी दिए। यो मेसिन नेपाल चिलिङ भ्याट इण्डष्ट्रिज प्राली हेटौंडाबाट आउन लागेको हो।
दूध मिसनको लागि पाडी बितरण
उपमहानगरपालिकाले दुग्धजन्य सामाग्री उत्पादन अन्तरगत विभिन्न शिर्षक छुट्टाएर लगानि गरिरहेको छ। दूध मिसनको लागि पाडी बितरण कार्यक्रम पनि सञ्चालन हुँदैछ। ५० प्रतिशत अनुदानमा पाडी बितरण कार्यक्रमको लागि २० लाख रकम छुट्टाईएको नगरप्रमुख पाण्डेयले जानकारी दिए।
यसमा ९० परिवार लाभान्वित हुनेछन। पाडी बितरण कार्यक्रम अन्तरगत सुचना प्रकाशन तथा नामावली संकलन लगायतको काम सकिएको महाशाखाका उपनिर्देशक बञ्जाडेले जानकारी दिए। यो बितणको काम यहि बैशाख सम्ममा सकिने उनले जानकारी दिए।
यस्ता छन अन्य कार्यक्रम
बुटवलले गौशाला ब्यवस्थापन तथा निर्माणको लागि ६० लाख रकम छुट्टाएर बजेट बिनियोज भएर सुधार एवं आराहाका कामहरु नियमित भईरहेको उपनिर्देशक बञ्जाडेले जानकारी दिए।यस अन्तरगत ७ सय पशुहरुको ब्यवस्थापनको काम भईरहेको छ।
साथै रेबिज रोग नियन्त्रण तथा भुसिया कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको नगरपालिकाले छ। ब्यवसायी उन्मुख कृषकलाई अनुदान बितरणको काम जारी रहेको नगरपालिकाले जनाएको छ।
साथै गाईभैसी गोठ सुधार तर्फ २८ जनाले अनुदान प्राप्त गरेको नगरपालिकाले जनाएको छ। गाई भैंसी गोठ सुधार, बाख्रा कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी सुधारर तथा बुङुर खोर सुधार तर्फ अनुदान दिइएको हो ।
यसका साथै आहारा सुधार सेवा कार्यक्रम अन्तरगत उन्नत जातको घासको बिउ अनुदानमा बितरण समेत उपमहानगरले गरेको छ। महाशाखाका उपनिर्देशक बञ्जाडेले ४ लाख बजेट मार्फत २ सय ६५ कृषकलाई बर्षिम जातको घासको बीउ अनुदानमा बितरण गरिएको जानकारी दिए।
अन्य गतिविधिलाई निरन्तरता
उपमहानगरले विषेश कार्यक्रम बाहेक अन्य नियमित गतिविधि कायमै राखेको जनाएको छ। महाशाखाका उपनिर्देशक बञ्जाडेले पशु स्याहारका कार्यक्रम तथा पशुपक्षी खोप तथा महामारी विरुद्धका खोप सञ्चालन गरिएको जानकारी दिए। उनले भ्यागुते चरचरे रोग ६ हजार ५ सय पशुलाई, भेडा बाख्रालाई लगाईने पिपिआर ७ हजार, खोरेत ६ हजार ५ सय र लम्प्की स्किन ६ सयलाई खोप लगाईएको जानकारी दिए।
कर्मचारी अभाव
महाशाखामा कर्मचारी अभाव रहेको उपनिर्देशक बञ्जाडे बताउछन। उनले अहिले पशु चिकित्सक सहित चौथो र पाचौं तहका १/१ जना प्राविधिक मात्रै रहेको भन्दै प्रत्येक वडामा १ जना चौथो वा पाचौं तहको प्राविधिक भएमा सेवा प्रदान प्रभावकारी हुने विश्वास ब्यक्त गरे।
लेखकको सम्वन्धमा