लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री सहित तीन बिनाबिभागिय मन्त्रीले गरे सपथग्रहण (भिडियो सहित)
![लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री सहित तीन बिनाबिभागिय मन्त्रीले गरे सपथग्रहण (भिडियो सहित) लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री सहित तीन बिनाबिभागिय मन्त्रीले गरे सपथग्रहण (भिडियो सहित)](https://satyadeepsandesh.com/wp-content/uploads/2024/04/IMG_20240407_142147.jpg)
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यस्तै तीन मन्त्रीले पनि शपथ लिएका छन् । एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरले बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् ।
शपथ ग्रहण समाराेहमा निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र पूर्वमुख्यमन्त्री लिला गिरिसहित सहभागी छन् । महराले आज नै पदभार ग्रहण गर्नेछन। उनी पदभार ग्रहण गर्न सपथग्रहण लगत्तै दाङको लागि हिडेका थिए।
भिडियो
लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री सहित तीन बिनाबिभागिय मन्त्रीले गरे सपथग्रहण
https://satyadeepsandesh.com/archives/04/5587/Posted by Lumbini Press on Sunday, April 7, 2024
लेखकको सम्वन्धमा