चर्चामा

नवनियुक्त मुख्यमन्त्री महरा भन्छन्- धैरै दल भएकाले मन्त्रिमण्डल ठूलो हुने भयो

नवनियुक्त मुख्यमन्त्री महरा भन्छन्- धैरै दल भएकाले मन्त्रिमण्डल ठूलो हुने भयो
0 0
Read Time:1 Minute, 22 Second

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सबैले चाहेजस्तो सानो आकारको मन्त्रिमण्डल बन्न नसक्ने बताएका छन् ।

Advertisement

शपथग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले धेरै दल मिलेर सरकार बनेकाले सबैले खोजेजस्तो सानो मन्त्रिमण्डल बन्न नसक्ने प्रष्टीकरण दिए । बाहिर हल्ला भएजस्तो जम्बो मन्त्रीमण्डल भने नबनाइने उनको दाबी छ ।

मेरोभन्दा पनि हाम्रो भन्ने सामूहिक विचारका साथ काम गर्ने महराले बताए ।

‘एकजनासँग सबै काम गर्ने आइडिया नहुनसक्छ, त्यसैले सामूहिकतामा अगाडि बढ्नेछौं, हचुवाको भरमा काम गर्दिनँ । सामूहिक योजना बनाएर काम गर्दा प्रतिफल पाउन सहज हुन्छ’, उनले भने ।

मन्त्रिपरिषदलाई पूर्णता र विश्वासको मत भने एक महिना अगाडि नै लिने गरी प्रक्रिया अघि बढाउने उनले बताए । नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुपर्ने भएकाले पनि क्याविनेटलाई छिटो पूर्णता दिने उनको भनाइ छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %