चर्चामा

एनएमबि बैंक पकडी-कपिलवस्तु शाखाद्वारा मायादेवी गाउपालिकालाइ ६ थान कम्प्युटर प्रदान

एनएमबि बैंक पकडी-कपिलवस्तु शाखाद्वारा मायादेवी गाउपालिकालाइ ६ थान कम्प्युटर प्रदान
0 0
Read Time:3 Minute, 0 Second

अर्जुन ज्ञवाली/ कपिलवस्तु । एनएमबि बैंकको कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका स्थित पकडी शाखा कार्यालयले मायादेवी गाउपालिकाको स्वास्थ विभागलाइ कम्प्युटर प्रदान गरेको छ।

Advertisement

कार्यालयको कार्यसम्पादनलाई सरल, छिटोछरितो र व्यवस्थित गराउन सहयोग पुग्ने उदेश्यले ६ थान कम्प्युटर प्रदान गरिएको एनएमबि बैंक पकडी शाखा प्रबन्धक गोविन्द पन्थीले जानकारी दिनुभयो ।

एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली, एरिया म्यानेजर प्रभात सिंह खाती र पकडी शाखा प्रबन्धक गोविन्द पन्थीले गाउपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमान, प्रशासकिय अधिकृत सविन सिंह चौधरी, स्वास्थ्य प्रमुख महेन्द्र यादवलाइ ६ थान कम्प्युटर हस्तान्तरण गर्नुभएकोथियो ।

सो कम्प्युटरहरु मायादेवी गाउपालिका अन्तरगत कै स्वास्थ विभागले आफ्नो दैनिक कामकारबाहीमामा प्रयोग गर्नेछ ।

गाउपालिका वलीउद्दिन मुसलमानले एनएमबि बैंकले उत्कृष्ट बैकिङ्ग सेवासगै सामाजिक उत्तरदायित्व अन्तरगत ६ थान कम्प्युटर बितरण गरेकोमा सराहना गर्दै आगामी दिनमा गाउपालिका र बैंक मिलेर अगाडि बढिने उल्लेख गर्नुभयो ।

त्यस्तै एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले नेपालको एक अग्रणी वाणिज्य बैंक एनएमबि बैंकले मायादेवी गाउपालिकाको स्वास्थ विभागलाइ कम्प्युटर सहयोग गर्न पाउदा खुशी व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत एनएमबि बैंकले विगतमा विभित्र ठाउँमा महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि सहयोगहरु गरिने जानकारी दिनुभयो ।

एनएमबि बैंक लुम्बिनी प्रदेश क्षेत्र(तीन)का एरिया म्यानेजर प्रभात सिंह खातीले पकडी क्षेत्रमा २०७५ साल देखि एनएमबि बैंकले उत्कृष्ट बैंकिङ्ग सेवा दिदै आएको र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि सगसगै अगाडि बढाइने बताउनुभयो । उहाँले छिटोछरितो, अत्याधुनिक र ग्राहक मैत्री बैकिङ्ग सेवा लिन एनएमबि बैंक मार्फत कारोबार गर्न सबैलाई आग्रह गर्नुभयो।

Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %